• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा विधुत अवरुद्ध, जिल्ला अन्धकार

खोटाङमा विधुत अवरुद्ध, जिल्ला अन्धकार


चिसाङ शेर्पा
  • आइतबार, भाद्र ८ २०७६

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा विधुत अवरुद्ध भएको छ । उदयपुरको गाईघाट–जलजले रुटमा शनिवार राती आएको हावाहुरीका कारण खोटाङतर्फ आउने ३३ केभी प्रसारण लाईनमा फल्ट हुंदा विधुत अवरुद्ध भएको हो ।

    साउने–जलजले रुटमा समस्या देखिएपछि आइतबार बिहानैबाट त्यस रुटमा प्राविधिक खटाएर फल्ट पत्ता लगाउने काम भइरहेको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र प्रमुख रामदिनेश राय यादवले जानकारी दिए । यादवका अनुसार रुखहरु ढलेर लाइन अवरुद्ध भएको अनुमान गरिएको छ ।

    विधुत अवरुद्ध हुंदा सरकारी कार्यालय, गैर सरकारी कार्यालय, विभिन्न संघसंस्था, वैक, वित्तिय संस्थाको दैनिक कामकाजमा समस्या भएको छ । खोटाङका करीव १३ हजार ग्राहक अन्धाकारमा वस्न बाध्य बनेका छन् । खोटाङको बुईपा सव–स्टेशनबाट ओखलढुंगामा ३३ केभी प्रसारण लाईन विधुत विस्तार भएका कारण ओखलढुंगा पनि अन्धकार बनेको छ ।
    २०७६ भदौ ८ गते दिउँसो २ :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology