समायोजन खबर खोटाङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्र वनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमन तीव्र वनाएको हो । पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्येनजर गर्दै दिक्तेलवजारमा निरन्तर अनुगमन गरिरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रवार अनुगमन गर्दै दिक्तेलवाजारभित्र पर्ने सडक किनारमा राखिएका निर्माण सामाग्री तत्कालै हटाउन सुझाव दिएका छन् ।
सडक किनारमा यत्रतत्र राखिएका निर्माण सामाग्री, सवारीसाधन तथा बिक्री प्रयोजनका लागि राखिएका सामाग्रीका कारण वजार अस्तव्यस्त वनेको छ । दिक्तेलवजार हाल तीव्र्र निर्माणको चरणमा भएको कारण त्यस्तो अवस्था भएको वजारवासीको भनाई छ । वजारमा अधिकांश पुराना घरहरु भत्काई हाल कंक्रिटका नयाँ घरहरु वनाउने क्रम बढेको छ । पटक–पटक सुझाव दिँदा पनि सम्वन्धित ब्यक्तिले अटेर गरी निर्माण सामाग्री तथा सवारी साधनहरु जथाभावी राख्ने गरेका कारण कठोर वनेर नियमानुसार कार्वाहीमा उत्रने अवस्था आएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।
नियम तथा मापदण्डविपरित सडकमा राखिएका त्यस्ता सामाग्रीहरु एक साताभित्र व्यवस्थापन गर्न अर्थात सडकवाट हटाउन निर्देशन गरिएको अनुगमन टोलीका संयोजक सिताराम खतिवडाले जानकारी दिए । यस्तै, उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति अन्र्तगत गठित अनुगमन टोलीले नगरभित्रका वजारहरुमा निरन्तर अनुगमन गर्ने जनाएका छन् ।
नगरपालिकाले वजार अनुगमन निर्देशिका २०७५ तयार गरी वजार व्यवस्थापन तथा उपभोक्ताको हितमा नियमित वजार अनुगमन सुरु गरेको हो ।
नगरपालिकाका वजार अनुगमन शाखाका प्रमुखको संयोजकत्वमा गठित अनुगमन टोलीमा सम्वन्धित विषयगत क्षेत्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षणमा क्रियाशिल संस्था, उद्योग वाणिज्य संघ र पत्रकार महासंघको प्रतिनिधि समावेश गरिएको छ । अनुगमन टोलीले अघिल्लो दिन दैनिक उपभोग्य सामानका पसलहरु अनुगमन गरेका थिए । टोलीले विक्रेता अर्थात सेवाप्रदायक नियमक निकायवाट कानुनवमोजिम प्रदान गरिने कागजात, सो कागजातको नविकरण, व्यवसायको साईनवोर्ड, मूल्यसूचि, परिमाण, मूल्य, गुणस्तर तथा नाप–तौल, प्याकेजिङ आदिका विषयमा अनुगमन गरिरहेको छ ।
यो पनि पढ्नुहोस
खोटाङमा अस्तव्यस्त पार्किङ,स्थानीय भन्छन्,नियमक निकाय फितलो
२०७६ भदौ ६ गते साँझ ७ : १४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology