• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगोले दुवै हात र निधार पोलेका शिशुको उपचार खर्च जुटाउने अभियानमा किराया खोटाङ

आगोले दुवै हात र निधार पोलेका शिशुको उपचार खर्च जुटाउने अभियानमा किराया खोटाङ


चिसाङ शेर्पा
  • सोमबार, साउन १३ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    अगेनामा परेर दुवै हात र निधार आगोले पोलेर गम्भीर घाईते भएका शिशुको थप उपचार सहयोगका लागि किरात राई यायोक्खा खोटाङले आर्थिक संकलन अभियान सुरुवात गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान असारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रविन राईको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

    आगोले दुवै हात र निधार पोलेको भाई देखाउदै प्रविनका दिदी । तस्विर चिसाङ शेर्पा

    सोमबार दिक्तेलमा बसेको बैठकले यायोक्खाका अध्यक्ष हात्तिराम राईको संयोजकत्वमा सात सदस्यीय आर्थिक संकलन अभियान समिति बनाएर आर्थिक संकलन थालेको छ । समितिको आर्थिक संयोजकमा सीता थुलुङ, सदस्यहरुमा सन्जय कुमार राई, दमन राई, सुशिला निनाम, पवन राई र सुमन राई छन् । देश विदेशबाट चाँडो भन्दा चाँडो सहयोग रकम संकलन गरेर शिशुको उपचारमा पठाइने आर्थिक संकलन अभियानका अभियन्ता सन्जय कुमार राईले जानकारी दिए । शिशुको उपचारमा आर्थिक सहयोग गरेर अभियानमा ऐक्यवद्धता जनाई दिन उनले आग्रह गरे ।


    १० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न जाँदा छोरा अगेनामा परेको आमा निर्मलाले बताईन् । आगोले शिशुको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेको छ । निर्मलाको तीन छोरी ६ छोरा छन् । अगेनामा परेको दिननै जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याए पनि त्यहाँ उपचार हुन नसकेपछि गम्भीर घाईते शिशु लिएर घर फर्कन लागेका निर्मलालाई आईतबार नेपाल तरुण दल खोटाङले छोराको उपचार गराउनलाई १ लाख १३ हजार ३६५ सहयोग जुटाइ काठमाण्डौ पठाएको थियो । नेपाली कांग्रेस खोटाङ–काठमाण्डौ सम्पर्क समितिको वन्दोवस्तमा शिशुको कान्ती वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको नेपाली कांग्रेस खोटाङ क्षेत्र नं. २ का क्षेत्रिय सभापति तीर्थराज भट्टराईले बताए । आगोले पोलेको ७२ घण्टाभन्दा पछाडी उपचारमा पुगेकाले सेलहरु मरिसक्ने हुनाले दुवै हातको औला काट्नुपर्ने चिकित्सकले प्रारम्भिक अनुमान गरेका छन् ।
    २०७६ साउन १३ गते साँझ ५ : १३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology