समायोजन खबर खोटाङ,
‘२४० वर्षको राजतन्त्र पराजित गर्नका लागि नेपाली जनताले रगत र पसिना मात्र होईन आँशु पनि लगानी गरेको छ । तर, यतीबेला लोकसेवा आयोगले त्यसलाई हेरेन । लोकसेवा आयोगले के पढ्यो कुन्नी मलाई थाहा छैन । तर, नेपाली जनताले लगानी गरेको रगत, आँसु र पसिनाको अक्षरले लेखेको संविधान पढेन ।’ यो भनाई खोटाङको प्रदेशसभा सांसद राजन राईको हो । शनिबार खोटाङको दिक्तेलमा सञ्चालित लोकसेवा आयोगको परिक्षामा प्रश्नपत्र च्यात्न खोजेकामा चार आन्दोलनकर्मी पक्राउ गरिएको दोश्रो दिन आईतबार प्रदेश संसदको शुन्य समयमा प्रदेशसभा सांसद राईको यस्तो प्रतिक्रिया आएको हो ।
सांसद राईले नेपाली जनताको रगत, पसिना र आँशुले लेखेको अक्षरहरुलाई आगामी दिनमा गम्भीरतापुर्वक पढ्न र कुनै पनि नाममा कुनै पनि किसिमका आन्दोलन हुने अवस्था आउन नदिन लोकसेवा आयोगलाई आग्रह गरे । ‘हामीले निरंकुस राजतन्त्रलाई पराजित गर्नका लागि त्यत्तीकै रगत र पसिना लगानी गरको होईन । त्यसको उद्धेश्य नेपाल राष्ट्रको उन्नयन, नेपाली जनताको उन्नयन, हरेक क्षेत्रमा नेपाली जनताको समान पहुँच पुगोस् भन्ने उद्धेश्यका आधारमा त्यी आन्दोलनहरु भएका थिए,’ सांसद राईले भने, ‘त्यो १९ दिने जनआन्दोलन, या जनयुद्ध होेस् या मधेश आन्दोलन होस् । तर, लोकसेवा आयोगले त्यो संविधानलाई राम्ररी नपढ्दा खेरी अहिले त्यस्ता किसिमका आन्दोलन भइरहेका छन् । अनुरोध गर्न चाहन्छु , भोलीका दिनमा यस्ता कैफियत नहोस् ।’

सांसद राईले आयोग विरुद्ध भइरहेका पछिल्ला क्रियाकलाप दल विशेष नभै सामुदायीक र राजनैतिक आन्दोलन भएकाले यसलाई टुंग्याउन राजनैतिक निकास दिनुपर्ने धारणा राखेका छन् । उनले आयोगको प्रश्नपत्र च्यात्न खोज्नु गलत भए पनि त्यसको चुरो कुरो बुझ्नका लागि आग्रह गरे । राईले पक्राउ परेका चारै जनाको रिहाइको माग गरेका छन् ।
उनको भनाई जस्ताकोतस्तै
“हिजो खोटाङमा लोकसेवा आयोगको परिक्षा थियो । त्यो परिक्षामा चार जना आन्दोलनकारी प्रवेश गरेर प्रश्नपत्र च्यात्ने प्रयत्न गरे । यो आफैमा बेठीक कुरा हो । मलाई बेठीक लागेको छ । म आलोचना गर्छु । तर, त्यस पछाडिको चुरो कुरो केहो त्यो बुझ्न जरुरी छ । हामीले २४० वर्षको राजतन्त्र पराजित गर्नका लागि नेपाली जनताले रगत पसिना मात्र होईन आँशु पनि लगानी गरेको छ । तर, यतीबेला लोकसेवा आयोगले त्यसलाई हेरेन । आयोगले के पढ्यो कुन्नी मलाई थाहा छैन । तर, नेपाली जनताले लगानी गरेको रगत, आँशु र पसिनाको अक्षरले लेखेको संविधान पढेन । म आग्रह गर्न चान्छु, अनुरोध गर्न चाहन्छु । लोकसेवा आयोगले त्यी अक्षरहरुलाई गम्भीरतापुर्वक पढोस् पछाडिका दिनहरुमा । ताकी भोली कुनै पनि नाममा कुनै पनि किसिमको आन्दोलन नहोस् ।
हामीले निरंकुस राजतन्त्रलाई पराजित गर्नका लागि त्यत्तीकै रगत र पसिना लगानी गरेको होईन । त्यसको उद्धेश्य नेपाल राष्ट्रको उन्नयन, नेपाली जनताको उन्नयन, हरेक क्षेत्रमा नेपाली जनताको समान पहुँच पुगोस् भन्ने उद्धेश्यका आधारमा त्यी आन्दोलनहरु भएका थिए । त्यो १९ दिने आन्दोलन, या जनयुद्ध होेस् या मधेश आन्दोलन होस् । तर, लोकसेवा आयोगले त्यो संविधानलाई राम्ररी नपढ्दा खेरी अहिले त्यस्ता किसिमका आन्दोलन भइरहेका छन् । म अनुरोध गर्न चाहन्छु, भोलीका दिनमा यस्ता कैफियत नहोस् । म जोड्दाररुपमा संघीय सरकारको ध्यानाकर्षण गराउन चान्छु । लोकसेवा आयोगलाई अनुरोध गर्न चाहन्छु । यो सामुदायीक आन्दोलन हो, राजनैतिक आन्दोलन हो । दल विशेषको कुनै कुरो छैन । यसो भएको हुनाले यसलाई टुंग्याउनका लागि राजनैतिक निकास दिनु पर्छ । यसो भएको हुनाले हिजो गिरफ्तार भएका चार जनाको अबिलम्ब रिहा होस् भन्दै आफ्नो भनाई टुंग्याँउछु । ”
२०७६ साउन ४ साँझ ५ : २२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology