
काठमाडौ । पछिल्लो समय रोजगारीका लागि आर्कषक मुलुक बन्दै आएकोे कोरिया जानका लागि यो पटक इपिएस कोरिया शाखाले आठौं कोरियन भाषा परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र प्रस्ताव गरेको छ । मानव संसाधन विकास (एचआरडी) कोरियामा प्रस्तावित परीक्षा केन्द्रको नामावली पठाइएको शाखाले जनाएको छ ।
शाखाले बाग्मती बोर्डिङ स्कुल सुकेधारा,एलआरआइ उच्च मावि कलंकी, एनके सिंह मेमोरियल इपिएस स्कुल मिनभवन, भिएस निकेतन स्कुल मिनभवन, लेब्रोटरी उच्च मावि किर्तिपुर, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तिसपुतली, हिमालय उच्च मावि तथा कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तिनकुने, नोवेल कलेज वानेश्वर,किष्ट कलेज कमलपोखरी, रेगन कलेज सामाखुशी, टाइम्स इन्टरनेशनल कलेज डिल्लिबजार, ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लिबजारलाई परीक्षा केन्द्रका रुपमा प्रस्ताव गरेको छ ।
यस्तै,युनिभर्सल कलेज मैतिदेवी, भिएस निकेतन कलेज तिनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कुल बौद्ध, रेडियन्ट स्कुल सानेपा, जेम्स उच्च मावि धापाखेल, लिटिल एन्जल्स स्कुल हात्तिवन, मोलिस कलेज कुमारीपाटी, क्यास्पियन भ्याली कलेज कुमारीपाटी,आइडियल मोडल स्कुल धोविघाट,लिटिल एन्जल्स कलेज हात्तिवन,पिनाकल एकेडेमी लगनखेल, एसियन इस्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट खुमलटार प्रस्तावित परीक्षा केन्द्र रहेका छन् ।
आगामी जेठ २७ र २८ गते हुने भाषा परीक्षाका लागि केन्द्र प्रस्ताव भएपनि सिट प्लान भने एचआरडी कोरियाले तय गर्ने शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । यसपाली पोखरामा भाषा परीक्षा सञ्चालन नगरिने भएको छ ।
अघिल्ला वर्षहरुमा काठमाडौं सँगै पोखरामा पनि परीक्षा सञ्चालन गरिए पनि । यसपटक अनलाइनबाट परीक्षाका लागि आवेदन लिइएको र कसले कुन ठाउँबाट फारम भरे भन्ने यकिन नभएकाले पोखरामा लिइने परीक्षा स्थगित गरिएको अधिकृत भण्डारीले बताउनु भयो ।
अर्को वर्ष भने पोखरामा पनि परीक्षा गर्ने गरी तयारी गरिएको छ । परिक्षार्थीले आवेदन दिँदै परीक्षा केन्द्र काठमाडौं वा पोखरा रोज्न सक्ने छन् । त्यसका लागि सफ्टवेयर बनाउने प्रक्रिया अघि बढिसकेको भण्डारीले जानकारी दिनुभयो । यसपटक कोरियन भाषा परीक्षामा सहभागीहुन ७५ हजार पाँच सय ८३ जनाले आवदेन दिएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology