• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्राकृतिक नाकावन्दी तोड्नलाई पुल निर्माण

प्राकृतिक नाकावन्दी तोड्नलाई पुल निर्माण


चिसाङ शेर्पा
  • बिहिबार, असार १२ २०७६

  • पुलको शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको सदरमुकाम दिक्तेलबाट चार गाउँपालिका जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित ‘बाटो फेदी’ भन्ने स्थानमा ४० मिटर लम्बाई र ६ मिटर चौडाईको प्रिस्ट्रेस बिमवाला मोटरेबल पुल निर्माणको भौतिक संरचनाको प्रक्रिया सुरु भएको हो ।


    खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म गाउँपालिकाले विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडकमा पर्ने बाटो फेदीमा निर्माण हुने पुलको बुधबार सार्वजनिक सुनुवाई र गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले शिलन्यास गरेका छन् । ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ लागतमा निर्माण हुने मोटरेबल पुलको १७ जेठमा निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालि र गाउँपालिकाबीच सम्झौता भएको हो । १७ जेठ २०७८ मा समापन गर्नुपर्ने पुलका लागि प्रदेश सरकारबाट १ करोड ३५ लाख बजेट बिनियोजन भएको छ । अपुग बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिनेछ । प्रदेश र सङघीय सरकारले बजेट नदिएमा गाउँपालिकाबाट बजेटको व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।


    स्थानीय सरकार गठनपछि पहिलो पटक स्थानीय सडक पुल सहयोग ईकाई (एलआर बिपी)ले प्राविधिक सहयोग गर्ने पुलको काम आगामी कार्तिक अन्तिमबाट सुरु गरिने निर्माण कम्पनीका कन्ट्रयाक्टर हरि बरालले बताए । ठेक्का लागे पनि प्रतिकुल मौसमका कारण तत्काल पुलको काम गर्न नसकिने उनले बताए । जिल्लाको दक्षिणी भेगका स्थानीयका लागि सदरमुकाम दिक्तेल आवतजावत गर्न सबैभन्दा छोटो दुरीको सडकमा बन्ने पुलको विषयमा अर्जुनदृष्टिका साथमा सवै लाग्नुपर्ने गाउँपालिकाकी उपाध्यक्ष सपना राईले बताईन् । पुल गाउँपालिकाको मात्रै हैन, स्थानीयहरुको लागि हो, पुल नभएकै कारण उहाँहरुले धेरै समय दुःख खेप्नु प¥र्यो । उपाध्यक्ष राईले थपिन् ‘निर्माण कम्पनीले निर्धारित म्यादभित्रै पुल गाउँपालिकालाई जिम्मा दिनुपर्छ ।’

    पुल बन्ने स्थान । तस्विर चिसाङ शेर्पा

    हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने र अबको केही समयपछि वर्षाद सुरु भएसँगै यातायात ठप्प हुने भएकाले पुल तोकेको समयमा भन्दा अझ छिटो बनाउनुपर्ने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकालाई संमृद्धितिर लैजान यहि पुल हो । अर्को कुनै बाटो छैन, सदरमुकाम जानका लागि पुल नबनेमा प्राकृतिक नाकाबन्दी टुट्दैन । त्यस कारण हामी टापुमा बसेजस्तो भएका छौ । अध्यक्ष राईले भने, साना–साना खोलाले गर्दा बाहिर निस्कन नपाएका स्थानीयका लागि निर्माण हुने यो पुल नाकाबन्दी तोड्ने पुल हुनेछ । गाउँपालिकाको गौरवको योजनामा रहेको पुलको काममा स्थानीय, गाउँपालिकाले सबै खाले सहयोग गर्ने विश्वास दिलाउदै चाडो भन्दा चाडो पुल समापन गरिदिन निर्माण कम्पनीलाई उनले आग्रह गरे । गाउँपालिका र स्थानीयले साथ सहयोग गर्दागर्दै पनि वेलैमा पुलको काम नसकिए निर्माण कम्पनीलाई त्यो फलामको चिउरा सरह हुनेछ । उनले भने ।


    सदरमुकाम दिक्तेल नजिक रहेको गाउँपालिका जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । पुल नहुंदा हाल हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने गरेको छ । त्यस रुटको साप्खुखोलामा पक्की पुल नहुनु नै सो गाउँपालिकासहित खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका लागि बिकासको बाधक बनेको छ ।
    २०७६ असार १२ गते बिहान ९ : १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology