• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै


चिसाङ शेर्पा
  • आइतबार, असार १ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य तीन विधाका एक/एक जना व्यक्तिहरु पुरस्कृत हुने भएका छन् । हलेसीबाट प्रकाशित हुने तुवाचुङ साप्ताहिकको पहिलो वार्षिक उत्सवको अवसरमा समाजसेवी, पत्रकार, साहित्यकार र खेलकुदकर्मी गरी चार विधामा ६ जना व्यक्तिहरु पुरस्कृत हुने भएका हुन् ।


    २०७५ साउन ४ गतेबाट प्रकाशित तुवाचुङ साप्ताहिकले आफ्नो वार्षिक उत्सवको अवसरमा आगामी साउन ४ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाँई र नेपाल पत्रकार महासंघ, प्रदेश पार्षद केदार मगरलाई पुरस्कृत गरिने साप्ताहिकले जारी गरेको प्रेस विज्ञप्ती उल्लेख छ । पत्रकार राई, चौलागाँईं र मगरलाई जनही १५/१५ हजार नगद सहित पुरस्कृत गरिने छ ।

     

    यस्तै, समाजसेवी जनकराज राईलाई तुवाचुङ साप्ताहिक समाजसेवा पुरस्कार, सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईलाई तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा निवासी साहित्यकार विक्रम चेतनशील राईलाई तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार प्रदान गरिने तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दीपेन्द्र राईले बताए । समाजसेवी राई, करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका र साहित्यकार विक्रमलाई जनही १५/१५ हजार नगद सहित पुरस्कृत गरिने छ ।
    २०७६ असार १ गते साँझ ७ : ०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology