• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिलामा चट्याङ प्रतिरोधि उपकरण जडान

बाक्सिलामा चट्याङ प्रतिरोधि उपकरण जडान


चिसाङ शेर्पा
  • मंगलबार, जेष्ठ २८ २०७६

  • चट्याङ प्रतिरोधि उपकरण जोड्दै प्राविधिक तथा स्थानीयहरु । तस्विर सौजन्य कृष्णकुमार राई

    चिसाङ शेर्पा खोटाङ,
    वर्षेनी धनजनको ठूलो क्षति गरिरहेको चट्याङबाट सुरक्षित हुनका लागि खोटाङमा चट्याङ प्रतिरोधि उपकरण जडान गरिएको छ । जिल्लाको  केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारको पश्चिमतर्फ साक्सिला र पुर्वतर्फ हरेलोडाँडामा स्थानीय सरकार र सबल परियोजनाको संयुक्त सहयोगमा सोमबार चट्याङ प्रतिरोधि उपकरण जडान गरिएको हो । उपकरण जोडेसँगै चट्याङको भय कम हुने अपेक्षा गरिएको छ ।

    गाउँपालिकाको दुई लाख र सबल परियोजना कार्यक्रमको दुई लाख ५३ हजार पाँच सय बजेटमा जडान गरिएको चट्याङ प्रतिरोधि उपकरणले आफू भएको स्थान वरपर आठ सय मिटरमा आएको चट्याङलाई आफूतर्फ तानेर जमिनभित्र डिसपोज गर्ने प्राविधिकलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । मानवीय तथा धनजनको लागि भनेर चट्याङ प्रतिरोधि उपकरण जडान गरिएको संम्भवत यो नै जिल्लाको पहिलो रेर्कड हो ।


    चट्याङ प्रभावित त्यस क्षेत्रमा चट्याङले वर्षमा एक, दुई जना मानिस तथा चौपायाहरु मार्ने गरेको छ । तर, अब आउने दिनहरुमा यस क्षेत्रका आम जनताहरु चट्याङको भयबाट डराउनु नपर्ने गाउँपालिका अध्यक्षको भनाई छ । उहाँका अनुसार गाउँपालिका चट्याङ प्रभावित क्षेत्र भएकाले अन्य स्थानहरुमा पनि चट्याङ प्रतिरोधि उपकरण जोड्दै जाने योजना रहेको छ ।
    २०७६ जेठ २८ गते बिहान ९ : ३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology