समायोजन खबर खोटाङ,
आफ्नो स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । २८ वर्ष पुगेको उपलक्ष्यमा प्रेस युनियनले जिल्ला अस्पताल दिक्तेलमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
२७ वर्ष पारगरी २८ वर्षमा प्रवेश गरेको खुशियालीमा विभिन्न रचनात्मक कार्यक्रमगरी स्थापना दिवस मनाउन केन्द्रको आग्रह अनुसार खोटाङमा फलफुल वितरण गरेर स्थापना दिवस मनाईएको नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले जनाएको छ । अस्पतालमा रहेका दर्जनभन्दा बढी बिरामीहरुलाई नेपाल प्रेस युनियन जिल्ला शाखाका अध्यक्ष उत्तम चौलागाँई, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य सुमनबाबु आचार्य,नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दुर्गा प्रसाद घिमिरे, जिल्ला अस्पताल खोटाङका डाक्टर नविन देवकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, वरिष्ठ पत्रकार कृष्ण आचार्य लगायतले फलफुल प्रदान गरेका थिए ।

फलफुल वितरणपछि समापन कार्यक्रमलाई सम्बोधन गर्दै युनियनका अध्यक्ष चौलागाँईले नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोक्न ढिलाइ भएको र केन्द्रीय समितिको वैठक वस्न नसकेकोमा जिल्ला शाखाले महाधिवेशन गराउनलाई दबाब दिने बताए ।
२०७६ जेठ १३ गते दिउँसो ३ :०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology