• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडाभरी बिजुली बलेपछि उज्यालो वडा घोषणा

वडाभरी बिजुली बलेपछि उज्यालो वडा घोषणा


चिसाङ शेर्पा
  • शुक्रबार, जेष्ठ ३ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको गौरवको आयोजना अन्तर्गत मंगलटार वडाभरी केन्द्रीय प्रसारण लाईनको विधुत बिस्तार भएपछि उज्यालो वडा घोषणा गरिएको हो । वर्षौदेखी अध्याँरोमा बसेका स्थानीयहरु बिजुली बलेसँगै हर्षित भएका छन् ।

    नगरपालिकाको १ करोड ९० लाख लागत र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा बिस्तार गरिएको विधुतको बिहीबार एक कार्यक्रमगरी नगर प्रमुख इवन राई र उपप्रमुख विमला राईले एकसाथ बिजुली बत्तीको स्वीच थिचेर उज्यालो वडा घोषणा गरेका हुन् । ४ सय १८ घरधुरीमा विधुत पुगे पनि केही घरहरुमा प्राविधिक कारण बिजुली बल्न बाँकी छ । बिजुली बलेपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, कुटानी पिसानी गर्नलाई सहज भएको छ ।

     

    खरिद गरिएको विधुतीय सामग्रीले मंगलटारमा बिधुत विस्तार सकिएपछि उभ्रिएको ५० लाख बराबरको बाँकी विधुतीय सामग्री बाहुनीडाँडा, बडहरे, धितुङ र सल्लेलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । यहि आर्थिक वर्षमा बडहरेमा विधुत बिस्तार गरी सकिने नगरको लक्ष्य रहेको छ । बिजुली बिस्तार गर्न बाँकी डिकुवा, बाहुनीडाँडा च्यास्मिटारमा डिपिआरको रिपोर्ट अनुसार आउने आर्थिक वर्षमा योजना लगाएर आउने आर्थिक वर्षमै योजना सम्पन्न गर्ने तयारीमा नगरपालिका तीव्र रुपमा लागि परेको छ । नगरपालिकाको कतीपय बाँकी रहेका वडाहरुमा छिट्फुट रुपमा विधुत विस्तार गर्न बाँकी रहेकाले केही वडामा यहि वर्ष र आउने आर्थिक वर्षसम्ममा सवैमा काम सम्पन्न गर्नेगरी प्राधिकरणको सहयोग लिएर काम भइरहेको नगर प्रमुख राईले बताए ।
    २०७६ जेठ ३ गते बिहान ९ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology