• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फोनको समस्यालाई लिएर नेविसंघ खोटाङद्धारा टेलिकमको ध्यानाकर्षण

फोनको समस्यालाई लिएर नेविसंघ खोटाङद्धारा टेलिकमको ध्यानाकर्षण


चिसाङ शेर्पा
  • मंगलबार, बैशाख २४ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा नमस्ते टेलिफोनमा आईरहेको समस्यालाई लिएर नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङले दुर सञ्चार कार्यालय दिक्तेलको ध्यानाकर्षण गराएको छ । पछिल्लो समयमा टेलिफोनको गुणस्तर बिग्रिएर सेवाग्राहीले समस्या झेल्नुपरेको भन्दै नेविसंघले त्यस समस्याको वारेमा कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको हो । पछिल्लो समय नमस्ते टेलिफोनमा बग्रेल्ती समस्याहरु आईरहेको छ ।

    नेविसंघ खोटाङका सभापति राजकुमार वस्नेतको नेतृत्वमा गएको डेलिगेशन टोलीले नमस्ते टेलिफोनले राम्रो र भरपर्दो सुविधा नदिंदा त्यसका हजारौं ग्राहकहरुले शास्ती खेप्नु परिरहेको समस्या राखेका छन् । कार्यालय समयमा कार्यालय खाली भेटिने, कर्मचारी नहुने, कर्मचारी विदामा घर गएका जस्ता कुराहरु दोहोरिने समस्यालाई तत्काल समाधान गर्न कार्यालय प्रमुख ज्योती नारायण चौधरीलाई ध्यानाकर्षण तथा दबाब दिइएको सभापति वस्नेतले बताए ।
    निरन्तर विद्युतको पहुँच हुंदा तथा घाम निरन्तर लागिरहंदा र प्राबिधिक समस्या सामान्य हुंदा पनि टेलिफोन सेवा चुस्त नहुनू दुखद र शंकाको कुरो भएको सभापति बस्नेतले बताए । सरकारले सञ्चारमा कर थोपरेर पिडित भईरहेका नागरिकहरुलाई त्यसैमाथी टेलिकम खोटाङले नागरिकहरुको आधारभूत आवश्यकता माथी खेलबाड गरि झनै शास्ती दिएको अध्यक्ष बस्नेतको भनाई छ ।

    बढिमा पाँच दिनसम्म उक्त समस्या समाधान नभए थप कार्यक्रम तय गरि टेलिफोन सेवालाई चुस्त बनाउन बाध्य पारिने नेविसंघले जनाएको छ । नमस्ते फोनमा बिहान दैनिक नेटवर्क नहुने, दिउँसो घण्टौसम्म नेटवर्क नआउने, फोन नलाग्ने, बोल्दा बोल्दै फोन काटिने, बोलेको नबुझिने समस्या छ । यसवारेमा कार्यालय प्रमुखसँग फोनबाट सम्पर्क गर्न खोजे पनि उनको फोन उठेन ।
    २०७६ बैशाख २४ गते राती ८ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology