समायोजन खबर खोटाङ,
टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले पाँचौं वार्षिकोत्सवको अवशर पारेर मुर्तीकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरेको छ । शनिबार मुर्तीकार राईलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो । जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा बिशेष योगदान पु-याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गर्दैआएको पुरस्कार प्रतिष्ठानले यस वर्ष मुर्तीकार राईलाई प्रदान गरेको जनाएको छ ।
मुर्ती तथा प्रतिमा निर्माण गरेर देश बिदेशमा ख्याती कमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई हाल धरानमा बस्दैआएका मुर्तीकार राईलाई केपीलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माबिको सभाहलमा आयोजित कार्यक्रममा केपीलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले दोसल्ला ओढाएर ताम्रपत्रका साथमा पुरस्कार प्रदान गरेका छन् ।

मुर्ती तथा प्रतिमा निर्माणका माध्यमबाट देश बिदेशसम्म नेपाली समाज र संस्कृतिको प्रचार–प्रसारमा योगदान पु¥याएकामा मुर्तीकारलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरिएको अध्यक्ष एक्लेले बताए । २०४५ सालदेखि बाँसको जराको विभिन्न आकृति तथा २०६५ सालदेखि तामा, पित्तल, फाइवर र रेजिनको मुर्ती बनाउँदै आएका राईले स्वदेश तथा विदेशबाट विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन् । हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले बिभिन्न विद्याका प्रतिभालाई बार्षिकरुपमा पुरस्कृत गर्दैआएको छ ।
२०७६ बैशाख २३ गते बिहान ८ :०० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology