• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला सिली प्रतियोगिताको प्रचारप्रसार तीव्र

साकेला सिली प्रतियोगिताको प्रचारप्रसार तीव्र


चिसाङ शेर्पा
  • बिहिबार, बैशाख १९ २०७६

  • फायल तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दोर्पाचिउरीडाँडामा हुने राष्ट्रिय स्तरको साकेला सिली प्रतियोगिताको प्रचारप्रसार तीव्र पारिएको छ । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा आगामी जेठ १३ र १४ गते सञ्चालन गर्ने साकेला सिली प्रतियोगिताको प्रचारप्रसार तीव्र पारिएको हो ।

    किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको प्रतियोगिताको विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार तीव्र पारिएको किरात राई यायोक्खा प्रारम्भिक कमिटिका अध्यक्ष सिताराम राईले बताए । रेडियो, पत्रपत्रिका, अनलाईन तथा अन्य सामाजिक सञ्जालहरुमा प्रचारप्रसारलाई व्यापक बनाइएको छ ।
    साकेला सिली नाच प्रतियोगीताका प्रथमलाई १ लाख, दोश्रोलाई ७५ हजार, तेश्रोलाई ५० हजार र सान्त्वनालाई २५ हजार नगदका साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक किरात राई यायोक्खा प्रारम्भिक कमिटिले जनाएको छ । युवा पुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउनका लागि गर्न लागिएको साकेला सिली प्रतियोगीतामा जिल्ला तथा छिमेकी जिल्लाका करिब ५०/६० समुहको सहभागीता रहने आयोजकको दाबी छ । सहभागी टिमलाई प्रतिटिम १० हजारका दरले यातायात खर्च समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

    साकेला सिली प्रतियोगीतामा मुन्धुमज्ञातामार्फत साकेला सिलीको विषयमा जानकारी गराउने, साकेला सिलीका बिषयमा बिचार बिमर्श गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर–राईबीचमा सदभाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको बिषयमा समान बुझाईको बिकास गर्ने लगायतका लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
    २०७६ बैशाख १९ गते दिउँसो १ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology