• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेशको नाम किरात राख्न यायोक्खाको दवाव, किरात नराखे आन्दोलन गर्ने चेतावनी

प्रदेशको नाम किरात राख्न यायोक्खाको दवाव, किरात नराखे आन्दोलन गर्ने चेतावनी


समायोजन खबर
  • बिहिबार, बैशाख १९ २०७६

  • समायोजन खबर खोटाङ,
    १ नम्बर प्रदेशको नाम किरात राख्न किरात राई यायोक्खा केन्द्रीय समितिले आग्रह गरेको छ । यस अघिदेखि नै १ नम्बर प्रदेशको नाम किरात हुनुपर्ने पक्षमा दवावमुलक गतिविधि गर्दै आएको यायोक्खाले बुधबार काठ्माण्डौंमा पत्रकार सम्मेलन गरेर प्रदेशको नाम किरात राखिनुपर्ने माग दोहोराएको हो ।

    प्रदेशको नाम र स्थायी राजधानी बारे बिहिबार प्रस्ताव दर्ता हुने तयारी भइरहेका समयमा यायोक्खाले प्रदेशको नाम किरात नराखे आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेशसभामा किरात प्रदेश नाम प्रस्ताव दर्ता हुने बताउँदै यायोक्खाका अध्यक्ष दिवस राईले प्रस्तावमा समर्थन गर्नका लागि प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन् । यायोक्खाकातर्फबाट प्रदेशका सांसदलाई दैनिक एसएमएस अभियान चलाइएको यायोक्खाका सचिव अर्जुन जम्नेली राईले बताए ।
    किरात शब्दले बहुपहिचान झल्किने दावी गर्दै यायोक्खाले प्रदेशको नाम राख्नेक्रममा इतिहास र सभ्यताको सम्मान गर्न आग्रह गरेको छ । ‘किरात कुनै एउटा जाति होइन,’ यायोक्खाको विज्ञाप्तिमा भनिएको छ, ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।’ प्रदेशको नाम किरात नराखिए शान्ति सिर्जना हुने र नदी वा हिमालको मात्र नाम राखिए विद्रोही शक्तिलाई वल पुग्ने यायोक्खाको विज्ञप्तिमा भनिएको छ । प्रदेशको नाम किरात नराखिए त्यसबाट निम्तिने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसद र दलका नेताले लिनुपर्ने चेतावनी दिइएको छ ।

    किरात प्रदेश नामकरणको लागि २५ लाख हस्ताक्षर संकलन गरेर प्रदेश सरकारलाई बुझाइसकेको यायोक्खाले दलका शिर्ष नेतृत्वदेखि प्रधानमन्त्री केपी ओलीसम्मलाई सहजीकरणका लागि आग्रह गरिसकेको छ ।
    २०७६ बैशाख १९ गते बिहान ७ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology