• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुर्तिकार रोजनलाई जिल्लामा पहिलो पटक पुरस्कार

मुर्तिकार रोजनलाई जिल्लामा पहिलो पटक पुरस्कार


समायोजन खबर
  • आइतबार, बैशाख १५ २०७६

  • समायोजन खबर खोटाङ,
    कुशल तथा प्रतिभावान मुर्तिकारका रुपमा देशबिदेशबाट मायाँ, सम्मान तथा दर्जनौं पुरस्कार पाएका खोटाङका कलाकार रोजन राई आफ्नै जिल्लामा भने पहिलो पटक पुरस्कृत हुने भएको छ । करिब दुुई दशकदेखि निरन्तर मुर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मुर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

    प्रतिमा तथा मुर्ति निर्माणकालागि देशबिदेशबाट झिकाई प्रशंसा तथा सम्मान गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लाकै फरक प्रतिभाका धनी युवाले मुर्तिकलाका माध्यमबाट आफु, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई(एक्ले)ले बताए ।

    बैशाख २१ गते बृहत साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमकाबीच केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा आयोजना हुने प्रतिष्ठानको पाँचौं बार्षिक उत्सवका अवसरमा पुरस्कार प्रदान गर्ने अध्यक्ष राईको भनाई छ । मुर्तिकार(कलाकार)राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ । हङकङमा रहेका साहित्य तथा संस्कृतिप्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

    देश तथा बिदेशका बिभिन्न स्थानमा आफुले सम्मान तथा पुरस्कार पाए पनि जिल्लामा पहिलो पटक पुरस्कृत हुन लाग्दा खुशी लागेको मुर्तिकार राईले प्रतिक्रिया दिए । जिल्लाका तुवाचुङ जायजुम, भुल्भुले जस्ता ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा मुर्ति तथा प्रतिमा बनाउनुभएका राईले भारतको सिक्कम लगायतका स्थानहरुमा प्रतिमा तथा मुर्तिहरु निर्माण गरी प्रशंसा बटुल्नुभएको छ ।
    यो पनि पढ्नुहोस

    ‘टेम्के तुवाचुङ’को पाँचौ बार्षिक उत्सव बाक्सिलामा, मूर्तिकार राईलाई पुरस्कृत गरिने

    २०७६ बैशाख १५ गते बिहान ९ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology