• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डेढ लाखको उपकरण जडान पश्चात, वल्यो वत्ती

डेढ लाखको उपकरण जडान पश्चात, वल्यो वत्ती


चिसाङ शेर्पा
  • शुक्रबार, बैशाख १३ २०७६

  • सांकेतिक तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरिएपछी विजुली वत्ती वलेको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा नयाँ विधुतीय उपकरणहरु फेरिएपछि वत्ती वलेको हो । १४ दिनमा वत्ती वलेपछि उपभोक्ताहरुको जनजीवन सामान्य बनेको छ ।

    गत वर्षको चैत्र ३० गते पानीसँगै परेको चट्याङले लघु जलविधुतमा रहेको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट गरेको थियो । नष्ट भएको सामग्रीहरु मर्मत कोषको १ लाख ५० हजारले खरीद गरी पुन जडान गरिएपछि बिहीबार साँझबाट वत्ती सुचारु भएको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए ।


    मर्मत कोषवाट उपकरणहरु खरीद गरी वत्ती सञ्चालन गर्दै आए पनि पटक–पटक चट्याङले दुःख दिने गरेकाले थप सहयोगका लागि गाउँपालिकामा निवेदन दिइएको छ । गाउँपालिकाले सक्दो सहयोग गर्ने आश्वसन दिएको अध्यक्ष राईले बताए । वत्ती सुचारु भए पनि चट्याङले ३० घरमा क्षति गरेको छ । चट्याङवाट बच्नलाई लघु जलविधुत आयोजना अन्तरगत विभिन्न स्थानमा गरिएको अर्थिङहरुमा पानी लगाएर चिस्याउने काम सुरु गरिएको छ ।

    उक्त लघु जलविधुतबाट खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका २ सय ५२ घरधुरी लाभान्वित हुंदै आएका छन् । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईन नहुंदा लघु जलविधुतमा समस्या आउना साथ अध्याँरोमा बस्नु परेको छ ।
    २०७६ बैशाख १३ गते मध्यान्ह १२ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology