• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने


समायोजन खबर
  • बुधबार, बैशाख ११ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर नेपालगञ्ज,
    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । आज राष्ट्रिय खेलकुद परिषदको बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिताको ९ औं संस्करण गण्डकी प्रदेशमा हुने निर्णय गरेको हो । खेल आगामी वर्षको फागुन २० गतेदेखि २७ गतेसम्म संचालन हुनेछ । राखेपका सदस्य सचिव केशव कुमार विष्टका अनुसार नवौं संस्करणको खेलका लागि कसैले दावी नगरेपछि खेल गण्डकी प्रदेशमा गरिने भएको हो ।

    यसैविच, ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाउनुभएको छ । उहाँले आज चार स्वर्ण जित्नुभएको हो । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उहाँको स्वर्ण संख्या १२ पुगेको हो । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जित्नुभएको थियो भने तेस्रो दिन चार स्वर्ण जित्नुभएको थियो ।
    २०७६ बैशाख ११ गते राती ८ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology