समायोजन खबर नेपालगञ्ज,
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर पाँचको नेपालगञ्ज रंगशालामा एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुहुनेछ । आयोजक राष्ट्रिय खेलकुद परिषदले साँझ साढे ५ बजे राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ ।
वैशाख ५ गते औपचारिक उद्घाटन भनिएपनि प्रतियोगिताको अधिकांश खेल २०७५ साल चैत २७ गतेबाट नै सुरु भईसकेका छन् । वैशाख ५ देखी ११ गते सम्म औपचारिक रुपमा सञ्चालन हुने प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री, संघ, प्रतिनिधि गरेर करिब ११ हजारको सहभागिता रहने राखेपले जनाएको छ । प्रतियोगितामा झण्डै ५ हजार २ सय ११ जना खेलाडीले सहभागिता जनाउनेछन् । त्यसमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला सहभागि छन् ।
२०७६ बैशाख ५ बिहान ८ :५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology