• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तापखोलामा पक्की पुलको काम सुरु

तापखोलामा पक्की पुलको काम सुरु


चिसाङ शेर्पा
  • मंगलबार, बैशाख ३ २०७६

  • निर्माणाधिन स्थल तापखोला । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको खार्मी र सप्तेश्वरको सिमानामा पर्नेे तापखोलामा पक्की पुलको काम सुरु भएकोे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको सिमानामा पर्ने तापखोलामा बन्ने २५ मिटर लम्बाईको पक्की पुलको काम सुरु भएको हो । गाउँपालिकाको क्रमागत बजेटबाट निर्माण थालिएको पक्की पुलको सप्तेश्वरतर्फ पिल्लरका लािग फण्डिसनको काम सुरु भएको छ ।
    साईडमा आवश्यक पर्ने सामानहरु खसिसकेकाले बैशाखभीत्र सप्तेश्वर तर्फको आधा पिल्लर उठाइने सुर्य कन्ट्रक्सन प्रालिका सव–कन्ट्राक्टर सुनिल राईले बताए । अहिले पुल बनाउने मिस्त्री विरामी भएका कारण केही रुपमा काममा ढिला भएको छ । सव–कन्ट्राक्टर राईले भने, ‘मिस्त्री ठिक भएर आउने वितिक्कै काम तिव्र गतीमा सुचारु हुनेछ ।’

    गत फागुन १ गते गाउँपालिका र निर्माण कम्पनीविच सम्झौता भएपछि काम अगाडी बढेको हो । गाउँपालिकाको ३ करोड ८३ लाख २६ हजार ९५९ रुपैयाँ क्रमागत बजेटबाट निर्माण हुने पक्की पुल २ वर्षमा बनाई सक्नुपर्नेछ । गाउँपालिकाका लागि मुख्य बाधकको रुपमा रहेको तापखोलामा पुल बनेपछि दिक्तेल र तराई जान सहज हुने गाउँपालिका अध्यक्ष कृष्ण कुमार राईले बताए ।

     

    पुल नहुंदा बर्षायाममा यातायात सेवा ठप्प हुन्छ । पुलकै कारण वर्षायाममा गाउँपालिकाभरी नियमित उपभोग्य वस्तुको ६/७ रुपैयाँले मुल्य बढ्ने गरेको छ । पुल बनेपछि करीव गाउँपालिकाका १४ हजार जनसंख्यालाई आवतजावत गर्न सहज हुनेछ । पुल नहुंदा यातायातको समस्या झेल्दै आएका गाउँपालिकाबासीको समस्यालाई ध्यानमा राखी गाउँपालिकाले पुल बनाउनमा बजेट खर्चेको हो ।
    २०७६ बैशाख ३ गते दिउँसो ४ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology