• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निगाले–नुनथला सडक उदघाटन

निगाले–नुनथला सडक उदघाटन


समायोजन खबर
  • सोमबार, बैशाख २ २०७६

  • समायोजन खबर खोटाङ,
    रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला जोड्ने सडक निर्माण उद्घाटन गरिएको छ । स्थानीय पुर्वाधार साझेदारी बिकास कार्यक्रम अन्तरगतको १९ लाख ८० हजारमा निर्माण गरिएको कुभिण्डेको निगाले–जौबारी नुनथलाचौकी सडक आईतबार प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका हुन् ।

    कुभिण्डेबाट नुनथला निस्कने सबैभन्दा छोटो मार्गकारुपमा २ किलोमिटर सडक निर्माण गरिएको हो । प्रतिघण्टा ५ हजार ५ सयका दरले स्काभेटर लगाएर सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव दिपक ठटालले बताएका छन् । कुभिण्डेबाट नुनथलाको पानीट्यांकी निस्कने दुई वटा सडक भए पनि निगाले–जौबारी नुनथलाचौकी सडक सबैभन्दा छोटो हुने उपभोक्ता समितिको दाबी छ ।

     

    कुभिण्डेबाट नुनथलाको पानीट्यांकी निस्कने सडक धेरै घुम्ती भएको र ग्रेड नमिलेको तथा कुभिन्डे–खार्पा–बिजुले–नुनथला सडक घुमाउरो भएकाले तेश्रो सडक निर्माण गरिएको हो । भिरालो जग्गा भए पनि ८ मिटर चौंडाई भएको सडक निर्माण गरिएको छ ।उपभोक्ता समितिले कुभिण्डेको सल्लेरी सामुदायीक वन र खार्पाको पातल धोवीखोला सामुदायीक वन तेर्सोबाट निगाले–जौबारी नुनथलाचौकी सडक निर्माण गरेको हो । दुई वटै उपभोक्ता समितिको सहमतीमा वनक्षेत्रबाट सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव ठटालले बताए ।
    २०७६ बैशाख २ गते साँझ ५ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology