• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्यटक तान्न पर्यटन सूचना केन्द्रको स्थापना

पर्यटक तान्न पर्यटन सूचना केन्द्रको स्थापना


चिसाङ शेर्पा
  • शनिबार, चैत्र ३० २०७५

  • २०७५ चैत २९ गते, पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै तत्कालिन मेयर दिपनारायण रिजाल लगायत।

    चिसाङ शेर्पा खोटाङ,
    नेपालको प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा आउने पर्यटकलाई दिक्तेलबजारसम्म ल्याउनका लागि पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ । हलेसीमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई आफ्नो नगरपालिकभीत्र भएका धार्मिक तथा पर्यटकीय स्थलहरु भ्रमण र अवलोकन गर्न जानकारी दिने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन सूचना केन्द्रको स्थापना गरेको हो ।
    जिल्लाको सदरमुकाम दिक्तेलबजार वरपर भएका पर्यटकीय तथा धार्मिकस्थललाई अझ प्रचारप्रसार गरी पर्यटकलाई भित्र्याउन र व्यापार व्यावसायमा बृद्धि गर्नलाई हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसीको प्राङगणमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रको शुक्रबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन् । उक्त सूचना केन्द्रमा नगरपालिकाको एकजना कर्मचारी रहने र उनले त्यहाँ आएका पर्यटकलाई हलेसी घुमेपछि दिक्तेलमा भएका विभिन्न पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलहरु पनि घुम्नै पर्छ भनेर जानकारी गराई पर्यटकलाई दिक्तेलसम्म आउन वातावरण सिर्जना गर्ने पर्यटन प्रवद्र्धन समिति संयोजक अनिल जोशीले बताए ।पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, नगर प्रमुख दिपनारायण रिजाल लगायत । तस्विर चिसाङ शेर्पा

    नगरपालिकाको ९ लाख बजेट अन्तरगत पर्यटन सूचना केन्द्रको स्थापनासँगै नगरपालिकाभीत्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु दिक्तेलबजार, बुधेशवर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम नेर्पा, महुरेगढी आखाँ पोखरी नुनथला, साप्सुढाप निर्मलीडाँडा, सीतादेवी मन्दिर बुईपा, निर्माणाधिन बगेर भञ्ज्याङ, पञ्चेदोबाटो बुईपा, साकेलाथान सोल्मा, सहदेउगढी बुईपा विजयखर्क र रुवालुङ झरना नेर्पाको फोटोसहितको हाते ब्रुसर छपाईगरी पर्यटक तान्नलाई प्रचारप्रसार तिव्र पारिएको छ । नगरपालिकाभीत्र अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई पछिल्लो समयमा नगरपालिकाले व्यवस्थित र झकिझकाउ बनाएको छ । उक्त स्थानहरुमा भ्रमण तथा अवलोकन गर्न उद्घाटन कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
    २०७५ चैत्र ३० गते बिहान ११ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology