समायोजन खबर खोटाङ,
वडा शिक्षा समिति लफ्याङले शैक्षिक पत्रकारिता पुरस्कारबाट जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक शैक्षिक कार्यक्रमको समापनमा पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो । वडा शिक्षा समितिले माटो सुहाउदो गुणस्तरीय शिक्षा प्रदान गर्न राखेको शैक्षिक उद्देश्य पूरा गर्न पत्रकारिताको माध्यमबाट उक्त वडाको शैक्षिक गतिविधिलाई सफल पार्न महत्वपुर्ण योगदान पु-याएको भन्दै पत्रकार शेर्पालाई सम्मान गरिएको वडा शिक्षा समिति सदस्य तथा श्रीमावि बाँसवोटे माविका प्रधानाध्यापक जसराज किरातीले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित शारदा प्राविको प्राङ्गणमा भएको कार्यक्रममा पत्रकार शेर्पालाई दोसल्ला ओढाएर नगद ५ हजारका साथमा प्रशंसा–पत्र प्रदान गरिएको छ । समायोजन खबर डटकमका सञ्चालक/सम्पादक रहेका शेर्पा हिमालय टाइम्स दैनिक, साझा सवालमा आवद्ध छन् । पत्रकार शेर्पालाई प्रतिनिधिसभाकी सदस्य हिरा गुरुङ, वडा शिक्षा समिति संयोजक तथा वडाध्यक्ष निर्मल राईले लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
हिजो मात्रै बाक्सिला फुटबल क्लवले प्रदान गरेको ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका पत्रकार शेर्पा विगत २०६५ सालदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनी नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव तथा नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङका सचिव हुन् ।
२०७५ चैत्र २८ गते साँझ ५ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology