चिसाङ शेर्पा खोटाङ,
खोटाङमा हुने किरात राई बिद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनको तयारीलाई तिव्र पारिएको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित आगामी बैशाख २६, २७ र २८ गते तीन दिनसम्म दिक्तेलमा सञ्चालन हुने राष्ट्रिय सम्मेलनको तयारी तिव्र पारिएको हो ।
राष्ट्रिय सम्मेलनको तयारी स्वरुप किरात राई यायोक्खा खोटाङले दिक्तेलबजारमा भित्ते लेखन र व्यानर टाँग्ने कामलाई तीव्रता दिएको छ । हाँटडाँडा, त्रिबेणीचोकमा व्यानर टाँगिएको तथा भवनगैरा, रत्नपार्कमा क्रमशः व्यानर टाँग्ने काम भइरहेको किरात राई बिद्यार्थी संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताईन् । भित्ते लेखनमा पनि दिक्तेलबजारको मुख्य–मुख्य ठाउँमा लेखिएको छ ।

दिक्तेलबाट हाटडाँडा, चखेवाभन्ज्याङ, हलेसी र जयरामघाटमा भित्ते लेखनको काम धमाधम भईरहेको छ । विभिन्न १९ जिल्लाका किरात राई विद्यार्थी संघको प्रतिनिधि एबं पर्यवेक्षक गरी करिब ५ सयको सहभागीता रहने भएकाले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि किरात राई बिद्यार्थी संघका पदाधिकारीहरु रातदिन तयारीमा खटिएका छन् ।

दिक्तेलको त्रिवेणीचोकमा व्यानर टाँग्ने क्रममा किरात राई बिद्यार्थी संघका पदाधिकारीहरु । तस्विर चिसाङ शेर्पा
किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागिपरेको किरात राई बिद्यार्थी संघले जनाएको छ । सम्मेलनको तयारीमा किरात राई यायोक्खाले समेत साथ दिएको छ ।
२०७५ चैत्र २१ गते साँझ ७ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology