समायोजन खबर खोटाङ,
किरात राई बिद्यार्थी संघ केन्द्रीय समिति काठ्माण्डौंले प्रहरी पक्राउमा परेका किरात राई बिद्यार्थी संघका संखुवासभा अध्यक्ष सुनिता राईको रिहाईको माग गरेको छ । पुर्व केन्द्रीय परिषद सदस्य एबं संखुवासभा अध्यक्ष राईलाई चैत्र १३ गते प्रहरीले काठ्माण्डौंबाट पक्राउ गरेर सम्पर्क विहिन बनाएको भन्दै किरात राई बिद्यार्थी संघ केन्द्रीय समितिले रिहाईको माग गरेको हो ।

मंगलबार विज्ञाप्ती जारी गर्दै किरात राई बिद्यार्थी संघ केन्द्रीय समितिकी अध्यक्ष बिर्सिका राईले राजनैतिक मुद्धामा सुनितालाई पक्राउ गरेर परिवार तथा आफन्तबाट सम्पर्क विहिन बनाएको भन्दै भत्र्सना गरेकी छन् । गौसलाबाट पक्राउ परेकी राईलाई हालसम्म परिवार तथा आफन्तबाट सम्पर्क विहिन बनाइएकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै किरात राई बिद्यार्थी संघले स–सम्मानपुवर्क रिहाईको माग गरेको छ ।

सुनितालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यकर्ता भएका कारण प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।
२०७५ चैत्र २० गते बिहान ७ :५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology