समायोजन खबर खोटाङ,
सहकारी दिवसको अवशरमा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी र गढी जाने बाटो सरसफाई गरिएको छ । सोमबार बिहान ६२ औं राष्ट्रिय सहकारी दिवसको अवशरमा दिक्तेलको हाटडाँडाबाट मझुवागढी जाने बाटो र मझुवागढी आसपासको फोहोरमैला हटाइएको हो ।

जिल्ला सहकारी संघको आयोजनामा भएको सरसफाई कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायत हातमा कुचो बोकेर फोहोर बढार्दै मझुवागढी पुगेका थिए । ‘दिगो लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ तीन दिनसम्म मनाइने दिवसको पहिलो दिन सरसफाई गरिएको सहकारी संघका अध्यक्ष अनिल जोशीले बताउनुभयो । सहकारी दिवसकै अवशरमा आज बिहानदेखी हलेसी सामुदायिक अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर भईरहेको छ ।
२०७५ चैत्र १९ गते दिउँसो २ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology