चिसाङ शेर्पा खोटाङ,
मानव अधिकार रक्षकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । मानव अधिकार लागि जिल्लामा क्रियाशिल दर्जन बढी संघसंस्थाका पदाधिकारीलाई भेला पारेर राष्ट्रिय मानव अधिकार आयोगले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय दिक्तेलले सोमबार दिक्तेलस्थित होटल ईन्द्रेणीमा सहभागीहरुलाई एक/एक विषय प्रदान गरी ६ समुहमा विभाजन गरेर जिल्लाको मानव अधिकारका अवस्था संकलन र त्यसमाथि छलफल गरेको छ । जिल्लाको मानव अधिकारका अवस्था अन्तरगत नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, सामूहिक अधिकार र सामाजिक समावेशीकरणको अवस्था तथा मानव अधिकार रक्षकहरुको मानव अधिकारको अवस्था अन्तरगत जिल्लामा कार्यरत मानव अधिकार रक्षकहरुले भोग्नु परेको समस्या, मानव अधिकार रक्षक, सरकारी निकाय तथा मानव अधिकार सम्बन्धि राष्ट्रिय संयन्त्रसँगको समन्वय, सहयोग र सहकार्यको अवस्था तथा जातिय विभेद र छुवाछुतको अवस्था अन्तरगत दलित समुदायको आर्थिक अवस्था, न्यायमा पहुँचको अवस्था र शिक्षा तथा स्वास्थ्यको अवस्थाका वारेमा सहभागीहरुबाट विचार संकलन गरिएको थियो ।

विचारहरुको संकलनबाट दलित, महिला र ज्येष्ठ नागरिकहरुको मानव अधिकार हनन् भइरहेकोे निचोड आएको थियो । दलितलाई अझै पनि कुवा, पानीको धारा, विवाह, सार्वजनिक पार्टी भोजमा छुवाछुत भईरहेको, महिलाका समस्यामा राम्रोसँग सुनुवाई नहुने, ज्येष्ठ नागरिकको परिचयपत्र हुंदा पनि ज्येष्ठ नागरिकले गाडी भाडामा छुट नहुने र बैक, अस्पतालमा ज्येष्ठ नागरिकलाई छुट्टै सेवा प्रवाह दिने स्थान नभएको सहभागीहरुले बताएका थिए । महिला, दलित समुदायका छुवाछुत तथा ज्येष्ठ नागरिकका विषयमा मिलेमा राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय दिक्तेल तथा केन्द्रबाट नै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनलाई पत्रचार गरिने आयोगका सचिव वेदप्रसाद भट्टराईले बताए ।
२०७५ चैत्र १८ गते साँझ ५ : ३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology