चिसाङ शेर्पा खोटाङ,
जिल्लामा मानव अधिकारका समस्या व्याप्त रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकारले आयोजना गरेको एकदिने अभिमूखीकरण कार्यक्रममा दलित, महिला, ज्येष्ठ नागरिक, बालबालिकाहरुको मानव अधिकार हनन् भइरहेकोे उनीहरुले बताएका हुन् ।

सोमबार दिक्तेलस्थित होटल ईन्द्रेणीमा जिल्लाका पत्रकार, महिला सञ्जालका पदाधिकारी, दलित समुदायका अगुवा, महिलाका पक्षमा वकालत गर्ने संघसंस्था लगायत मानव अधिकार रक्षकहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लामा सवैभन्दा बढी दलित समुदाय र ज्येष्ठ नागरिकको मानव अधिकार हनन् भईरहेको सम्बन्धित क्षेत्रमा क्रियाशिल अगुवाहरुले बताएका छन् ।
दलितका विषयमा विभिन्न कार्यक्रम, सभा सम्मेलनमा चर्को बहस र प्रचारप्रसार गरिए पनि छुवाछुत घट्नु पर्नेमा जस्ताको त्यस्तै रहेको अन्तरपार्टी महिला सञ्जाल खोटाङकी उपाध्यक्ष रश्मी रसाईलीले बताईन् ।

ज्येष्ठ नागरिक परिचयपत्र हुंदाहुदै पनि जिल्लाका छोटा तथा लामो दुरीका सवारी साधनमा ५० प्रतिशत छुट नदिएर ज्येष्ठ नागरिकको मानब अधिकार हनन् भईरहेको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए । बैक, वित्तिय संस्था, अस्पताल तथा अन्य कार्यालयमा ज्येष्ठ नागरिकका लागि बेग्लै सेवा प्रवाह हुने स्थान नतोकिदिंदा बिशेषगरी कतीपय अवस्थामा बैक तथा अस्पतालमा लाईनमा बस्दाबस्दै बुढाबुढीहरु ढल्ने गर्दा समेत ज्येष्ठ नागरिकका लागि केही सुविधा र कोही अगाडी नसरेको अध्यक्ष घिमिरेले बताए ।
दलित समुदायका छुवाछुत तथा ज्येष्ठ नागरिकका विषयमा मिलेमा राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय दिक्तेल तथा केन्द्रबाट नै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनलाई पत्रचार गरिने आयोगका सचिव वेदप्रसाद भट्टराईले बताए ।
२०७५ चैत्र १८ गते दिउँसो ४ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology