समायोजन खबर खोटाङ,
खोटाङमा हुने किरात राई बिद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनको तयारीलाई तिव्र पारिएको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित आगामी बैशाख २६, २७ र २८ गते तीन दिनसम्म दिक्तेलमा सञ्चालन हुने राष्ट्रिय सम्मेलनको तयारी तिव्र पारिएको हो । राष्ट्रिय सम्मेलनको तयारी स्वरुप किरात राई यायोक्खा खोटाङसँग बैठक गरेको किरात राई बिद्यार्थी संघले हाल भित्ते लेखन र व्यानर टाँग्ने कामलाई तिब्रता दिएको छ ।

दिक्तेलबाट हाटडाँडाबाट सुरु गरिएको भित्ते लेखन र व्यानर टाँग्ने काम जिल्लाका अन्य ठाउँमा पु¥याइएको किरात राई बिद्यार्थी संघले जनाएको छ । विभिन्न १९ जिल्लाका किरात राई विद्यार्थी संघको प्रतिनिधि एबं पर्यवेक्षक गरी करिब ५ सयको सहभागीता रहने भएकाले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि किरात राई बिद्यार्थी संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राई लगायतको टोली सम्मेलनको तयारीमा खटिएका छन् । किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागिपरेको किरात राई बिद्यार्थी संघले जनाएको छ । सम्मेलनको तयारीमा किरात राई यायोक्खाले समेत साथ दिएको छ ।
सम्मेलन सफल बनाउन दिक्तेलमा अन्तरक्रीया
किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनलाई व्यवस्थितरुपमा सञ्चालनका लागि बिहिबार दिक्तेलमा अन्तरक्रीया गरिएको छ । प्रचार–प्रसार गर्दै राष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य बनाउनका लागि आवश्यक राय परामर्श संकलनका लागि संघले जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रीया गरेको हो । खोटाङमा हुने राष्ट्रिय सम्मेलनको ‘जस–अपजस’ खोटाङबासीले नै लिनेगरी अपनत्व पैदा गराउनका लागि अन्तरक्रीया गरिएको संघकी केन्द्रीय अध्यक्ष राईले बताईन् ।

अन्तरक्रीया कार्यक्रममा आयोजक तथा अतिथि । तस्विर चिसाङ शेर्पा
कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ, पुर्वसभासाद दुर्गाजयन्ती राई, नेकपाका नेता रामप्रसाद दंगाल, कांग्रेस नेता सुमानबाबु आचार्य, संघीय समाजबादी फोरमका नेता निर्मल राई, नयाँ शक्तीका नेता सुर्य राई, किरात राई यायोक्खाकी अध्यक्ष अञ्जना राई लगायतले किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनको सफलताको कामना गर्दै आर्थिक सहयोग जुटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘प्रदेशको नाममा कुनै न कुनै हिसावले किरात जोडिनु पर्छ’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य भट्टराईले १ नम्बर प्रदेशको नाममा कुनै न कुनै हिसावले किरात जोडिनुपर्ने बताएका छन् । उनले प्रदेशको नाम मिश्रित वा बहुपहिचानका आधारमा राख्नुपर्ने धारणा राखेका छन् । पुर्वसभाषद दुर्गाजयन्ती राईले भने यायोक्खामा आउने राजनैतिक बिभाजनले प्रदेशको नामाकरण किरात हुनेमा आशंका व्यक्त गरेकी छन् ।

२०७५ चैत्र १६ गते बिहान ७ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology