• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक

बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक


चिसाङ शेर्पा
  • शुक्रबार, चैत्र १५ २०७५

  • खेल तालिका सार्वजनिक गर्दै आयोजक टोली । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    सर्वाधिक धनराशी भएको बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन, स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन तथा मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

     

    खोटाङ फुटबल एकेडेमीको कार्यालय माटिकोरेमा शुक्रबार पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको खेल तालिका अनुसार बुईपा एलाभेन स्पोर्टस क्लब र सोल्मा स्पोर्टस क्लबविच पहिलो खेल हुनेछ । पृथ्वी उच्च मावि बाक्सिलामा आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा ९० मिनेट अवधिमा हुने दशौं संस्करणको प्रतियोगितामा टेम्मा स्पोर्टस क्लब टेम्मा र बाम्राङ युवा स्पोर्टस क्लब बाम्राङ तथा हलेसी तुवाचुङ फुटबल क्लब र खोटाङ भगवती स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका निम्ति ११ टिमले टिम दर्ता गराएका छन् ।

    खाराम्बु स्पोर्टस क्लब खार्मी, बाक्सिला फुटबल क्लब बाक्सिला, खोटाङ फुटबल एकेडेमी दिक्तेल, जन्तेढुंगा गाउँपालिका र केपिलासगढी गाउँपालिकालाई बाई परेको छ । उनीहरु स्वतः प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए । प्रतियोगिता अवधिभर खोटाङ फुटबल संघका अध्यक्ष धु्रवविक्रम राई, किक थाइ वक्सिङ खेलाडी बरुण घले, एथलेटिक्स खेलाडी दिर्पा वस्नेतलाई सम्मान तथा खेलक्षेत्रमा कलम चलाउने जिल्लाका एकजना पत्रकारलाई ५ हजार ५१० रुपैयाँ बराबरको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।

    प्रतियोगितामा समुह विजेताले १ लाख ५५ हजार ५ सय १० रुपैयाँ नगदका साथमा गोल्डकप, उपविजेताले ७५ हजार १० र सान्त्वना दुइ टिमले जनही १५/१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
    कसरी पुग्ने बाक्सिला
    हलेसी–दिक्तेल सडकखण्ड अन्तरगतको हुर्लुङबाट बाक्सिला जान सकिनेछ । काठमाण्डौ तथा तराईका विभिन्न जिल्लाबाट खाशगरी साना जिप सुमोहरु हुर्लुङ–पोखरी–जालपा र सप्तेश्वर हुंदै सिधै बाक्सिला पुग्ने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको हुर्लुङबाट करीव ४३ किलोमिटर कच्ची सडक छिचोलेर गाडी तथा मोटरबाईकबाट बाक्सिला बजार पुग्न सकिन्छ । बाक्सिला बजारमा प्रशस्त होटल, खानेपानी तथा विधुतको सुविधा भएकाले खेलाडी तथा पाहुनालाई गाँस, वास कपासका लागि समस्या नहुने बाक्सिला फुटबल क्लवका पुर्व अध्यक्ष समिर राईले बताए ।


    २०७५ चैत्र १५ गते अपरान्ह ३ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology