समायोजन खबर खोटाङ,
अवरुद्ध विधुत संञ्चालनमा आएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण अवरुद्ध विधुत मंगलबार दिउँसोदेखी सञ्चालनमा आएको हो ।
उदयपुरको लिगलिगे खोलामा रुख लडेर अवरुद्ध भएको विधुतलाई तत्काल प्राविधिक टोली खटाएर सञ्चालनमा ल्याइएकोे विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । अवरुद्ध विधुत सञ्चालनमा आएपछि खोटाङसहित छिमेकी जिल्ला ओखलढुंगाका सेवाग्राहीलाई दैनिक कामकाजमा सहज भएको छ । खोटाङमा १२ हजार ८ सय ८ जना यसका ग्राहक छन् ।
२०७५ चैत्र १२ गते दिउँसो २ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology