चिसाङ शेर्पा खोटाङ,
खोटाङको खार्मी र सप्तेश्वरको सिमानामा पर्नेे तापखोलामा पक्की पुल निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको सिमानामा पर्ने तापखोलामा २५ मिटर लम्बाईको पक्की पुल बन्ने भएको हो ।
पुल नहुंदा यातायातको समस्या झेल्दै आएका गाउँपालिकाबासीको समस्यालाई ध्यानमा राखी गाउँपालिकाको ३ करोड ८३ लाख २६ हजार ९५९ रुपैयाँ क्रमागत बजेटबाट पक्की पुल बन्ने केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल राईले बताए । पुल निर्माणका लागि सुर्य कन्ट्रक्सन प्रालिसँग गत फागुन १ गते सम्झौता गरिएको छ । पुलको काम २ वर्षमा सम्पन्न गरिसक्नुपर्ने उहाँको भनाई छ । पुल निर्माणका निम्ति साइडमा स्काइभेटर पुगिसकेको छ । त्यसैगरी क्याम, स्टोर बनाउने काम सकिएको छ भने, गिटी, वालुवा संकलन कार्य भइरहेको र रड, सिमेण्टको अर्डर भइसकेको सुर्य कन्ट्रक्सन प्रालिका सव–कन्ट्राक्टर सुनिल राईले जानकारी दिए । गाउँपालिकाले अलाईमेण्ट दिएपछि फण्डिसनको काम हुनेछ । उनले भने, ‘गाउँपालिकासँग कुरा भईसकेको छ । आगामी आईतबारबाट काम सुरु हुनेछ । यसपाली खोलाको वारीपारी पिल्लर उठाउने र स्टक्चरको काम गर्ने योजना छ ।’

गाउँपालिकाका लागि मुख्य बाधकको रुपमा रहेको तापखोलामा पुल बनेपछि दिक्तेल र तराई जान सहज हुने गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । पुल नहुंदा बर्षायाममा यातायात सेवा बन्द हुंदै आएको छ । पुलकै कारण वर्षायाममा गाउँपालिकाभरी नियमित उपभोग्य वस्तुको ६/७ रुपैयाँले मुल्य बढ्ने गरेको उहाँको भनाई छ । पुल बनेपछि करीव गाउाँपालिकाका १४ हजार जनसंख्यालाई आवतजावत गर्न सहज हुनेछ ।
२०७५ चैत्र ९ गते बिहान ७ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology