समायोजन खबर खोटाङ,
नेपाल प्रेस यूनियन खोटाङले दुई पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार आयोजित प्रेस यूनियनको छैठौं जिल्ला अधिबेसन तथा नवौं साधारणसभाको अवशरमा पत्रकार चिसाङ शेर्पा र सुर्य तामाङलाई पुरस्कृत गरेको हो । पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकास निर्माण एबं परिवर्तनका मुद्धालाई सकरात्मक दिशा दिनका लागि खेलेको भूमीकाको कदर गर्दै पत्रकारद्धय शेर्पा र तामाङलाई सम्मान गरिएको प्रेस यूनियनका जिल्ला सभापति दिलीप खत्रीले बताउनुभयो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको कार्यक्रममा पत्रकारद्धयलाई खादा ओढाएर जनही तीन हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । समायोजनखबर डटकमका सम्पादक रहेका शेर्पा हिमालय टाइम्स दैनिकमा आवद्ध छन् । स्थानीय रुपाकोट रेडियोका स्टेशन मेनेजर रहेका पत्रकार तामाङ रेडियो नेपालमा आवद्ध छन् । पत्रकारद्धयलाई प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देल, कांग्रेस खोटाङका सभापति नरेश कुमार श्रेष्ठ लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रमका बक्ताले पार्टी पत्रकारिता गर्नुको सट्टा पत्रकारिताको मूल्य र मान्यता अनुशार पत्रकारिता गर्न आग्रह गरेका छन् ।

पत्रकार सुर्य तामाङलाई पुरस्कार प्रदान गर्दै प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देल लगायत । तस्बिर : समायोजन खबर
२०७५ फागुन २२ गते साँझ ५ :३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology