समायोजन खबर काठमाण्डौ,
नेकपा अध्यक्ष प्रचण्डले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेट्नुभएको छ । आज बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीका श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताउनुभएको छ ।
प्रचण्डले आज बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ नै मन्त्री अधिकारीका परिवारलाई भेट्नुभएको थियो ।
२०७५ फागुन १६ गते राती ८ : ३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology