समायोजन खबर खोटाङ,
खोटाङमा चार दिनमै ५६ वटा बाँदर समातिएको छ । निकुञ्जमा पु¥याएर छाड्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट बाँदर समातिएको हो । भारतीय शिकारीले जंगलमा जाल थापेर गत मंगलबारदेखि शनिबारसम्ममा ५६ बाँदर समातेको नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।
अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु-याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले जिल्लामा ‘बाँदर समाउ’ अभियान थालेको हो । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारीमार्फत समातेर निकुञ्ज पु¥याएर छाड्ने अभियान थालिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए ।
२०७५ फागुन १३ गते बिहान ८ : ५१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology