समायोजन खबर खोटाङ,
कपाल मुण्डन गरेर किरियापुत्री बसेकी खोटाङकी प्रदेशसभा सदस्य उषाकला राईले मृतक आमाको अस्तु विसर्जन गरेकी छन् । ७५ वर्षको उमेरमा आमा लक्ष्मी राईको पुस २५ गते निधन भएपछि कपाल खौरिएर किरियापुत्री बसेकी प्रदेशसभा सदस्य राईले बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा समाधिस्थल निर्माण गरेर मृतक आमाको अन्तिम अस्तु विसर्जन गरेकी हुन् । ग्राण्डी अस्पतालमा उपचारकाक्रममा आमा लक्ष्मीको निधन भएपछि उषाकला कपाल मुण्डन गरेर १३ दिनका लागि आमाको काजकिरियामा बसेकी छन् । आमाको अन्तिम संस्कारमा उषाकलासँगै श्रीमान शेरबहादुर तामाङ (पुर्व कानूनमन्त्री), नेकपाका नेता तथा शुभेच्छुकको सहभागीता रहेको थियो ।
काठ्माण्डौंमा ५ दिन काजकिरियामा बसेकी उषाकला जन्मथलो खाल्लेमा पनि ७ दिन किरियामा बस्ने जनाइएको छ । मृतक आमाको सम्झनामा माघ ६ गतेसम्म किरात संस्कार अनुशार काजकिरिया र पूजापाठ, माघ ७ गते १३ औं पुण्यतिथि तथा श्रद्धाञ्जली कार्यक्रम, लक्ष्मीको सम्झनामा गरिब तथा असहाय बालबालिकाको शिक्षाका लागि अक्षयकोष स्थापना लगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ । यस्तै, माघ १५ गते वैद्धिक परम्परा अनुशार काठ्माण्डौंमा पूजा तथा ४५ औं पुण्यतिथिमा काठ्माण्डौंमै श्रद्धाञ्जलीसभा गरिने पारिवारिक श्रोतले बताएको छ ।
दाजुभाई नभएकी उषाकला छोराले मात्र किरियापुत्री बस्ने प्रचलनका बिरुद्ध आफै किरियापुत्री बसेकी हुन् । आमाको निधनमा कपाल मुण्डन गरेर सेतो कपडा पहिरिएर किरियापुत्री बसेकी उषाकलाप्रति अहिले सम्मान, सद्भाव र समबेदना प्रकट भइहेका छन् । २००१ साल कात्तिक ७ गते जन्मिएकी लक्ष्मी काठ्माण्डौंमा छोरी र ज्वाईसँग बस्दै आएकी थिईन् ।
२०७५ माघ ३ गते साँझ ६ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology