• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी दर्शन गर्ने स्थलमार्ग

हलेसी दर्शन गर्ने स्थलमार्ग

जाने हैन हलेसी


समायोजन खबर
  • बुधबार, माघ २ २०७५

  • समायोजन खबर खोटाङ,
    खोटाङमा लामिडाँडा, मनमाया राई खानीडाँडा र थामखर्क विमानस्थल छन् । त्यहाँ ओर्लिएर छोटो सडकमार्गबाट हलेसी आउन सकिन्छ । तर, यी तीनै विमानस्थल कालोपत्रे भइरहेका कारण सञ्चालनमा छैनन् । त्यसैले हलेसी दर्शनका लागि सडक नै मुख्य यातायातको माध्यम हो । हलेसीलाई पुष्पलाल लोकमार्ग (मध्यपहाडी लोकमार्ग)ले छोएको छ । काठमाण्डौबाट लगभग २३० किलोमिटर यात्रा गरेपछि हलेसी आउन सकिन्छ ।

     

     

    विराटनगर, धरानतिरबाट पनि सिधै बस चढेर हलेसी आउन सकिन्छ । छोटो दुरी तय गरेर तराई–मधेसबाट हलेसी आउन सकिन्छ । जस्तो कि सिरहाको मिर्चैयाबाट लगभग १ सय किलोमिटर यात्रा गरेर हलेसी आउन सकिन्छ । बर्दिबासबाट सिन्धुलीगढी हुंदै आउँदा लगभग १५० किलोमिटर यात्रा गरेपछि हलेसी आउन सकिन्छ । भोजपुर, संखुवासभाबाट पनि गाडी चढेर हलेसी आउन सकिन्छ । पुष्पलाल लोकमार्ग निर्माण सम्पन्नपछि पूर्वका कुनै पनि जिल्लाबाट हलेसी दर्शन गर्न आउन सकिन्छ ।
    २०७५ माघ २ गते साँझ ६ : ३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology