चिसाङ शेर्पा खोटाङ,
खोटाङमा दुइ दिन विधुत अवरुद्ध हुने भएको छ । उदयपुरको जलजलेबाट बुइपाको सव स्टेशनसम्म आएको ३३ केभी प्रशारण लाइन मर्मत संम्भार गर्नुपर्ने भएकाले विधुत अवरुद्ध हुने भएको हो । ३३ केभी प्रसारण लाइन अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे रुटमा पर्ने दुइवटा पोल फेर्नुपर्ने भएकाले शुक्रबार र शनिवार जिल्लामा विधुत अवरुद्ध हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले जानकारी दिए । यादवका अनुसार भोली र पर्सी विहान ७ बजेदेखी बेलुकी ५ बजेसम्म विधुत अवरुद्ध हुनेछ ।
जलजलेबाट वुइपा सव स्टेशनसम्म अत्याधिक लामो दुरी भएको र विधुतको रुट जंगलमा परेकाले बाङगा टिङगा, रुखले भेट्ने, बर्षातका समयमा पहिरोले तान्ने संम्भावना भएका पोलहरु प्राधिकरणले फेर्ने र स्थान्तरण गरिरहेको छ । यसअघि त्यस्ता खालका पोलहरु बेलैमा नफेरिदा जिल्लाका १२ हजार ३ सय २४ जना ग्राहकले शास्ती खेप्दै आएका थिए ।
२०७५ पुस २६ गते राती ९ : ५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology