• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैशाखको अन्तिम साता किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलन दिक्तेलमा हुने

बैशाखको अन्तिम साता किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलन दिक्तेलमा हुने


समायोजन खबर
  • आइतबार, पौस १५ २०७५

  • समायोजन खबर खोटाङ,
    किरात राई बिद्यार्थी संघ केन्द्रीय समितिको नवौं राष्ट्रिय सम्मेलन खोटाङमा आयोजना गर्ने तयारी गरिएको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारा सहित किरात राई बिद्यार्थी संघको सम्मेलन आगामी बैसाख २६ गतेदेखि २८ गतेसम्म दिक्तेलमा आयोजना हुने भएको हो । किरात स्वयत्त राज्य निर्माणका लागि जागरण अभियान सञ्चालन गर्ने संघको परिषद बैठकको निर्णय अनुशार दिक्तेलमा राष्ट्रिय सम्मेलनको तयारी गरिएको किरात राई बिद्यार्थी संघ खोटाङले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

     

    राष्ट्रिय सम्मेलनको पुर्वतयारीका लागि शनिबार राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा आर्थिक उप–समिति संयोजक जितेन राईको प्रमुख आतिथ्यतामा तयारी बैठक गरिएको संघका जिल्ला अध्यक्ष दिपक राईले पत्रकार सम्मेलनमा जानकारी दिए । सम्मेलनको तयारीका लागि जिल्ला सचिव रोशन राईको संयोजकत्वमा दुई नगरपालिका र आठ गाउँपालिकाका क्याम्पस तथा माबिमा किरात राई बिद्यार्थी संघको संगठन बिस्तार गर्ने, किरात स्वयत्त राज्य निर्माणका लागि गाउँ–नगर जागरण अभियान सञ्चालन गर्ने, संघका जिल्ला उपाध्यक्ष भूमीका राईको नेतृत्वमा प्रचार–प्रसार एबं जिल्लाका प्रमुख नाकाहरुमा स्वागत तथा भित्ते लेखन गर्ने, जिल्ला कोषाध्यक्ष रमिला राईको संयोजकत्वमा आर्थिक उप–समिति निर्माण गर्ने लगायतका निर्णय गरिएको संघले जानकारी दिएको छ ।

     

    जिल्लामै पहिलोपल्ट सञ्चालन हुन लागेको संघको राष्ट्रिय सम्मेलनका लागि स्थानीय तह, राजनैतिक दल, आदिबासी जनजाती महासंघ, किरात राई यायोक्खा, भाषिक संगठन, सामाजिक संघसंस्था, व्यवसायी, किरात समुदायका अगुवा लगायतसँग समन्वय गरिने किरात राई बिद्यार्थी संघले जनाएको छ । माझ किरातकोरुपमा रहेको खोटाङबाट किरात स्वयत्त राज्य स्थापनाको आवाजलाई सशक्त बनाउनका लागि दिक्तेलमा सम्मेलन गर्ने निर्णय गरिएको किरात राई बिद्यार्थी संघका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा आर्थिक उप–समिति संयोजक जितेन राईले बताए ।
    २०७५ पुुस १५ गते साँझ ७ : ४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology