• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खाद्यको चामल पशु आहारमा प्रयोग

खाद्यको चामल पशु आहारमा प्रयोग


चिसाङ शेर्पा
  • शुक्रबार, पौस १३ २०७५

  • हाँटडाँडामा रहेको संस्थानको गोदाममा रहेको चामल देखाउदै कर्मचारी, तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खाद्य संस्थानको चामल पशु आहारका लागि प्रयोग हुने गरेको छ । मानिसका लागि भनि ल्याएको चामल धेरै पुरानो हुंदै जानु र महंगो मूल्यका कारण खाद्य संस्थान शाखा खोटाङको चामल पशु आहार र जाँड पकाउन मात्रै प्रयोग हुने गरेको छ । जिल्लाका लागि २०७३ जेठमा ल्याइएको १ सय ३६ क्वीन्टल जिरा मसिनो चामलमध्ये १९ क्वीन्टल ४० केजी चामल मान्छेले खाना लायक नभएको हो । ०७३ यता सामान्य रुपमा विक्री हुंदै आएको चामल पुर्णरुपमा विक्री नहुंदा खाना नसकिने भएको खाद्य संस्थान शाखा खोटाङका निमित्त कार्यालय प्रमुख पंची कुमार ठाकुरले जानकारी दिए । मान्छेले खाना लायक नभएपछि स्थानीयले सुंगुर, बाख्रा, गाईगोरु, भैसीलाई खोले पकाएर दिन र जाँड पकाउनका लागि छिटफुटमा किन्ने गरेको छ ।

     

    प्रतिकेजी ५० रुपैयाँले बिक्री गरिदै आएको चामल जाँड पकाउन र पशुलाई भनि स्थानीयले बेलाबेलामा खरीद गरेपनि अहिले संस्थानसँग स्टक रहेको १९ क्वीन्टल ४० केजी चामल न बेच्नु न गाँड्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाँटडाँडास्थित खाद्यको गोदाममा रहेको चामल घुन, किरा, चिल्सा, मुसाले खाएर धुलाम्मे भएको छ । चामलको क्वालिटी न्युन रहेको तथा विक्री हुन नसकी दिन प्रति दिन गुणस्तरमा ह्रास आईरहेको र पछि नष्ट गर्नुपर्ने भएकाले ४० रुपैयाँमा बेच्न संम्भावना रहेको भन्दै गएको मंसिर १९ गते प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलको अध्यक्षतामा बसेको बैठकले मुल्य संशोधनका लागि संस्थानको सम्बन्धित कार्यालयलाई सिफारीस गरेको थियो । यद्यपी, त्यसको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । संस्थानको भन्दा बजारमा सस्तो मूल्य तथा राम्रो चामल पाउनु, गाउँगाउँमा सडकको पहुँच पुग्नु र खाद्यको चामल पुरानो हुंदै जाँदा पनि मुल्य न्युन रकममा संशोधन नहुंदा चामल विक्री नभएको संस्थाका कर्मचारी बताउँछन् । संस्थाको डिपोहरु हलेसी, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजारमा भने चामल छैन ।
    २०७५ पुस १३ गते बिहान ६ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology