समायोजन खबर खोटाङ,
सुनकोसी नदिमा जडान गरिएको अस्थाई बेलिब्रीज सञ्चालनमा आएको छ । खोटाङ र उदयपुरको सीमास्थल जोड्ने मुख्य नाकाको रुपमा रहेको सुनकोसी नदिमा मंसिर १७ गतेदेखि जडान सुरु गरिएको बेलीब्रिज बिहीबारबाट संचालनमा आएको हो । उदयपुरको रौतामाई गाउँपालिका र खोटाङको खोटेहाङ गाउँपालिकाको लिच्किराम्चेको बीचमा रहेको सुनकोसी नदिस्थित फोक्सीङटारमा वर्षेनी बेलिब्रीज जडान गरिन्छ । फोक्सीङटारमा हरेक वर्षायामको वैशाख–जेठमा खोल्ने र हिउँदको कात्तिक–मंसिरमा जडान गरेर यातायात सञ्चालन गरिदै आएको छ । ५० मिटर लामो बेलिब्रिज जडान गरेर संचालनमा ल्याईएको बेलिब्रिज जडानकोे जिम्मा पाएको सगरमाथा कन्स्ट्रक्सनका संचालक प्रेमराज कार्कीले जानकारी दिए । यो वर्ष कोसीमा पानीको वहाव ढिलो घटेका कारण गत वर्षको तुलनामा बेलिब्रिज संचालनमा ढिलाई भएको कार्की उहाँको भनाई छ ।
फोक्सिङटारस्थित सुनकोसीमा पक्की पुल नहुँदा बेलिब्रिज जडान गर्न र खोल्न वर्षेनी डेढ करोडदेखि २ करोड हाराहारी खर्च हुने गरेको छ । वर्षायाम सुरु भएपछि बाढीले बगाउने खतरा हुने हुँदा बेलिब्रिज खोलेर राख्नुपर्ने हुन्छ । आउँदो जेठमा खोल्न पुनः त्यत्तिकै वा त्यो भन्दा बढी रकम खर्च हुने सडक सव डिभिजन कार्यालय उदयपुरले जानकारी दिएको छ । सडक विभागको ८१ लाख लागतमा निर्माण गरिएको अस्थाई बेलिब्रिज संचालनमा आएपछि दुई जिल्लाका सर्वसाधरणलाई यातायातमा सहजता भएको छ । अव खोटाङदेखि सिधै उदयपुर हुँदै तराईका विभिन्न जिल्लासम्म यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । साथै यात्रुलाई पैदलयात्रा गर्न नपर्ने भएको छ भने, तराईबाट उदयपुर भएर खोटाङसम्म विभिन्न दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पनि सहज भएको छ ।
२०७५ पुस ५ गते राती ८ : २१ म प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology