• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दक्षिणी भेगमा फोनको समस्या, सूचना आदानप्रदानमा कठिनाई

दक्षिणी भेगमा फोनको समस्या, सूचना आदानप्रदानमा कठिनाई


चिसाङ शेर्पा
  • सोमबार, मंसिर २४ २०७५

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    दुई नगरपालिका आठ गाउँपालिका रहेको खोटाङका अझै पनि विभिन्न स्थानमा(स्थानीय तहमा) टेलिफोनको राम्रो सुविधा नहुंदा समस्या भईरहेको छ । टेलिफोनको पहुंच नहुंदा प्रत्यक्षरुपमा खबर आदानप्रदान गर्नबाट आम नागरिक र सञ्चारकर्मीलाई समस्या भएको छ ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकाको केही भूभाग सहित अन्य गाउँपालिकाहरु भएको स्थानमा नमस्ते/स्काई फोन आशिंक रुप चलिरहेको छ । खाशगरी दक्षिणी भेगमा पर्ने तीनवटा गाउँपालिकामा भने यो समस्या जटिल छ ।

     

    तीन गाउँपालिकाको समाचार संकलनदेखी सामान्य खबर आदानप्रदान गर्न समेत फोनको कारणले असंम्भव भइरहेको छ । फोन गर्न परेमा डाँडाहरुमा धाउनुपर्ने/एक कल फोनका लागि घण्टौ समय खर्चनु पर्ने त्यहाँका स्थानीयहरु बताउछन् । जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकाबाट टेलिफोनकै कारण विभिन्न गतिविधि संकलन गर्न अत्यन्तै गाह्रो छ । टेलिफोनका कारण गाउँपालिका प्रमुखसँग दैनिकी अपडेट हुन नसक्दा त्यस भेगका स्थानीय सरकारले गरेका राम्रा, नराम्रा गतिविधि सञ्चार माध्यममा प्रकाशन/प्रशारण गर्न नसकिएको सञ्चारकर्मीहरु बताउँछन् । उसो त साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका, रावाबेंशी गाउँपालिकाको पनि विभिन्न स्थानमा राम्ररी टेलिफोन चल्दैन । यद्यपी, यी गाउँपालिका रहेको स्थानमा भने टेलिफोन चलिरहेको छ ।
    २०७५ मंसिर २४ गते दिउँसो ४ : २२ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology