• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विधार्थी आफैले उत्पादन गरी विक्री गरे तरकारी

विधार्थी आफैले उत्पादन गरी विक्री गरे तरकारी

शिक्षा


चिसाङ शेर्पा
  • शनिबार, मंसिर २२ २०७५

  • आफैले उत्पादन गरेको तरकारी बेच्नलाई बसेका विधार्थी । आफैले उत्पादन गरेको तरकारी बेच्नलाई बसेका विधार्थी ।फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    सरस्वती मावि दिक्तेलका शिक्षक काजी प्रसाद खतिवडा बिहानै शनिबारे हाटमा किनमेलका लागि दिक्तेलस्थित हाँटडाँडामा पुगे । हटियाको वातावरण देखेर उनी चकित भए । किन आज बजारमा चहलपहल बढी ? यो उनको मनमा उब्जेको प्रश्न थियो । बुधबार र शनिबार लाग्ने हाटमा अन्य समयमा खाशै मान्छेको भीड नहुने सोचाईले हाटियामा पुगेका उनी दंग पर्नु स्वभाविक नै थियो ।

     

    अन्य समयभन्दा फरक देखिएको हटियामा उनीजस्तै धेरैको मनमा प्रश्न उठेको थियो । मान्छेको भीड किन धेरै ? पछि बुझ्दै जादा त्यहाँ बिल्कुलै नयाँ र पृथक बजार लागेको थियो । बजारको दायाँबायाँ हातमा प्लेकार्ड बोकेका विधार्थीको घुईचो थियो । ‘उद्धमी बनौं कृषि उत्पादनमा बृद्धि गरौं, पहेली मकैको च्याख्ला विक्री कक्ष, किन्नेलाई होईन, बेच्नेलाई सम्मान गरौं लगायतका प्लेकार्ड बजारका विभिन्न स्थानमा विधार्थीको हातमा त, कही डालीहरुमा राखिएका देखिन्थे । यो सवै दृश्य दिक्तेलको हाँटडाँडामा लाग्ने शनिबारे हटियाको थियो ।


    स्थानीय सरकारपछि वडा शिक्षा समिती निर्माण गरेर शिक्षामा आमूल परिवर्तन गराउन दिनरात लागेका लफ्याङका पाँच विद्धालयका विव्यास पदाधिकारी, शिक्षक, विधार्थीहरुको प्रगतीमा सबै दंग थिए । शैक्षिक क्यालेण्डर अनुसार चल्ने गरेका श्रीमावि वासवोटे, जनचेतना आधारभूत विद्धालय, वालवालिका प्रावि बरडाँडा, सालपीदेवी प्रावि खर्कडाँडा र शारदा प्रावि दोरुमका शिक्षक र विधार्थीहरु कोही बजारमा आफ्नै विधार्थीले उत्पादन गरेका कृषि उपज सामग्री खरिद गर्न आएका थिए त कोही । कृषि उपज सामग्री बेच्न ।

     

    श्रीमावि वासवोटेमा कक्षा १० मा अध्ययनरत उज्ज्वल राई बजारको एक साईडमा आफूले परिश्रम गरी फलाएको झोलाभरी लप्सी राखेर सय रुपैयाँ केजीमा विक्री गर्दै थिए । सोही विद्धालयमा कक्षा ११ मा अध्ययनरत छात्रा उर्मिला श्रेष्ठ बुबासँग मिलेर बनाएको माटोका भाडाहरु गमला, बुछालु, हाँडी, घपनी मटियाको पसल थापेर बसेकी थिईन् । सोही विद्धालयका कक्षा ६ मा अध्ययनरत सुशिला राईले केरा, रमिला दुलालले अमला र कक्षा १० मा अध्ययनरत छात्रा सिर्जना कट्वालले सुन्तला, कागती, मुला, लौका, घिउ र हाडजोडा विक्री गरिरहेकी थिईन् । किन्ने ग्राहक उतिकै हर्षित देखिन्थे । सधै रसायनिक पदार्थ मिसिएको खाद्यन्न खादै आएका बजारवासीहरुले अर्गानिक कृषिजन्य वस्तुहरु किन्न पाउदा खुलेरै प्रशंसा गरे ।

    यस्तै, जनचेतना आधारभूत विद्धालयका शिक्षक जीबन वास्तोला भुई स्याउ, भोक्से, दही, तरुल, कागती विक्री गरिरहेका थिए । किन्ने ग्राहक त्यतिनै आईरहेका थिए । उनीहरुजस्तै सयौको उपस्थितीमा विधार्थीहरुले कृषि उपज सामग्री बजारमा बसेर विक्री गरिरहेका थिए । शैक्षिक क्यालेण्डर अनुसार पठनपाठन र अतिरिक्त क्रियाकलाप गर्दै आएका ति पाँच विद्धालयका कक्षा ४ देखी माथिका विधार्थीहरुले गएको भदौ १ गते आ–आफ्नै घरमा करेसावारी निर्माणगरी सिजन अनुसार विभिन्न फलफुल, तरकारी खेती उत्पादनगरी बजारमा आएका विधार्थीले उत्पादन गर्न मात्रै सिकेनन्, उत्पादनपछि कहाँ लगेर विक्री गर्ने भन्ने शिक्षा पनि सिके । पाँच विद्धालयका झण्डै सय जना बढी विधार्थीले अर्गानिक ६० किसिमका कृषिजन्य बस्तुहरु विक्रीका लागि बजारमा ल्याएका थिए ।


    विधार्थीलाई कसरी बिक्री वितरण गर्ने र शिक्षा सुधारका लागि विधार्थीलाई बजारमै ल्याएर शिक्षा दिने कोशिष गरिएको श्रीमावि वासवोटेका विव्यास अध्यक्ष राजेन्द्र राईले बताए । नेपालमा हाल दिइरहेको शिक्षा दश प्रतिशत मात्रै जीबन उपयोगी भएको र यस्तो शिक्षाले विधार्थीलाई बाँच्न सिकाउने भएकाले वडाभीत्रका विद्धालयमा शैक्षिक क्यालेण्डर लागू गरी शिक्षालाई व्यवसायिक बनाउन खोजिएको वडा शिक्षा समिति संयोजक तथा वडाअध्यक्ष निर्मल राईले बताए । हामीले शिक्षामा आमूल परिवर्तन ल्याउन खोजिरहेका छौ उनले भने,‘ विधार्थीले उत्पादन गरे मात्रै पनि हुन्न । बेच्न लजाउने, किन्न जादा खुशी हुने आद्धत अन्त्य गर्नुुपर्छ । अनि मात्रै हामीले दिन खोजेको शिक्षा जिबनमुखी बन्छ ।’

     

    यस शैक्षिक सत्रबाट शैक्षिक क्यालेण्डर लागू गरी शिक्षामा फड्को मारिरहेका ति विद्धालयहरुको उद्देश्य अर्गानिक खेतीबाली उत्पादनलाई प्रोत्साहन, रसायनिक वस्तुहरुलाई निरुत्साहन भन्ने छ । उत्पादनमुखी र व्यवसायीमुखी हुनका लागि वार्षिक कार्ययोजना तयार गरी अगाडी बढीरहेको विद्धालयले ब्यावहारिक शिक्षा दिने कसरत गरिरहेका छन् । विधार्थीहरुले उत्पादन गरेको कृषि उपज सामग्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले किनेका थिए । पाँच दिनका लागि खोटाङ आएका डा. भट्टराईले चुक, तरकारी लगायत किनेका हुन् । खाल्लेको नाहिमा स्रोत केन्द्रमा बन्दै गरेको बोटानिकल गार्डेनको अनुगमनपछि हाँटडाँडामा आएका डा.भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्र, गणतन्त्रलाई टेकेर छोटो समयमा देश बिकासमा लाग्नुपर्ने बताएका थिए ।

    वडा शिक्षा समिति लफ्याङको यस्ता छन् बाँकी शैक्षिक योजना

    पुस ४ गतेदेखि १३ गतेसम्म दोश्रो त्रैमासिक परिक्षा, माघ ११ गते चित्रकला र अन्तर बिद्धालय हस्तलेखन, फागुन १७ गते ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव आदान प्रदान । यसैगरी, वर्षको अन्तिम चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार वितरण लगायतका कार्ययोजना तयार पारेर कार्यान्वयन भईरहेको वडा शिक्षा समिति संयोजक तथा वडाध्यक्ष निर्मल राईले बताए ।
    यो पनि पढ्नुहोस
    हाटडाँडामा डा. भट्टराईलाई विधार्थीले दिए अमला (फोटो फिचर)
    २०७५ मंसिर २२ गते साँझ ५ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology