हाटडाँडामा डा. भट्टराईलाई विधार्थीले दिए अमला (फोटो फिचर)

हाटडाँडामा डा. भट्टराईलाई विधार्थीले दिए अमला (फोटो फिचर)

बिधार्थीले दिएको अमला ग्रहण गर्नुहुंदै पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई ।



चिसाङ शेर्पा खोटाङ,
वडा शिक्षा समिति लफ्याङले शैक्षिक क्यालेण्डर लागू गरी सकेपछि लफ्याङका पाँच विद्धालयका विधाथीले पहिलो पटक कृषिउपज सामाग्री बजारमा ल्याएर बिक्री गरेको छ । एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयका कक्षा चारदेखी माथिका विधाथीले शैक्षिक क्यालेण्डर अनुरुप शनिबार दिक्तेलस्थित हाटडाँडामा विभिन्न किसिमका कृषि उपज वस्तुहरु विक्री गरेका हुन् ।

उत्पादनमुखी र व्यवसायीमुखी शिक्षातर्फ विधार्थीलाई ध्यानाकर्षण गराउन वार्षिक कार्ययोजना तयार गरी सञ्चालन भईरहेको विद्धालयहरुका विधार्थीले बजारमा ल्याएर विक्री गरेका सामाग्री मध्ये पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निभुवाको चुक किन्नु भएको छ । विभिन्न कार्यक्रमका लागि पाँच दिन खोटाङ आउनु भएका उहाँले वडा शिक्षा समिति लफ्याङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनपछि विधार्थीहरुले बजारमा राखेका विभिन्न कृषि उपज सामानहरुको  अनुमगन  गर्दै खरीद गर्नु भएको थियो । गएको भदौ १ गते करेसाबारी निर्माणगरी विधार्थी आफैले उत्पादन गरेको ६० किसिमका कृषि उपज बस्तुहरु बिक्रीका लागि बजारमा राखिएको थियो ।

सवै फोटो चिसाङ शेर्पा, २०७५ मंसिर २२ गते मध्यान्ह १२ :११ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology