• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बहुप्रतिभाका धनी पोखरेलले दिए ‘समायोजन खबर अनलाईन’लाई ल्यापटप, रेकर्डर

बहुप्रतिभाका धनी पोखरेलले दिए ‘समायोजन खबर अनलाईन’लाई ल्यापटप, रेकर्डर


समायोजन खबर
  • शुक्रबार, मंसिर १४ २०७५

  • समायोजन खबर खोटाङ,
    खोटाङका बहुप्रतिभाका धनी धर्मराज पोखरेलले जिल्लाबाट सञ्चालित एकवटा अनलाईनलाई विधुतीय सामग्री प्रदान गरेका छन् । चर्चित लोक गायक, ईन्जिनियर, राजनीतिकर्मी, रचनाकार, मोडल तथा समाजसेवी पोखरेलले संञ्चार जगतको बृद्धि र विकासका निम्ति डिजिटल अनलाईन समायोजन खबर डटकमलाई एक/एक थान ल्यापटप र रेकर्डर प्रदान गरेका हुन् ।

     

    सुचना र समाचार सम्प्रेषणमा क्रियाशिल पत्रकार र उनीहरु संम्बद्ध मिडियाहरुमध्ये खोटाङबाट सञ्चालित समायोजन खबर डटकमलाई शुक्रबार दिक्तेलस्थित होटल भिलेजमा ४२ हजार बराबरको लेनोभो ब्राण्डको ल्यापटप, ९ हजार बराबरको सोनी कम्पनीको रेकर्डर बहुप्रतिभाका धनी पोखरेलले अनलाईनका अध्यक्ष तथा सञ्चालक चिसाङ शेर्पालाई प्रदान गरेका हुन् ।


    बिगत चारवर्ष अघिबाट सञ्चालनमा आएको अनलाईनसहित नवसंवाद पाक्षिकका प्रकाशक/सम्पादक तथा वरिष्ठ पत्रकार कृष्ण आचार्य र पत्रकार दमन राईलाई सोही कम्पनीको एक/एक थान रेकर्डर प्रदान गरिएको पोखरेलले जानकारी दिए । निकट समयमा खोटाङ खबर साप्ताहिकका सम्पादक/प्रकाशक दिलिप खत्री र प्रभावन्यूज डटकमका अध्यक्ष तथा सञ्चालक उत्तम चौलागाँईलाई एक/एक थान रेर्कडर प्रदान गर्ने घोषणा गरे ।


    जिल्लामा केही विधुतीय सञ्चार माध्यम रहेको तर, कसैको त्यसतर्फ ध्यान नगएको तितो यथार्थ औलाउदै क्रियाशिल पत्रकार र सञ्चार माध्यमलाई हौसला स्वरुप विधुतीय सामग्री प्रदान गरेको उनले बताए । मोफसलबाट गरिरहेको पत्रकारिताको प्रशंसा गर्दै पत्रकारितामा कसैलाई बञ्चित र जाती पार्टी नछुटाई कलम चलाउन समेत जिल्लाका पत्रकारहरुलाई उनले आग्रह गरेका छन् । २०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा जन्मिएका उनी चर्चित लोकगायक पनि हुन् । भखैरै मात्रै पुर्वाञ्चलसहित जिल्लाकै पहिलो ब्यक्तिको रुपमा सगरमाथा म्यूजिक अर्वाड र बिन्दाबासिनी म्युजिक अर्वाड पाईसकेका छन् । हालसम्म उनको १९ वटा लोकगीत बजारमा आईसकेको छ ।
    माथी तस्विरमा : विधुतीय सामग्री प्रदान गर्दै बहुप्रतिभाका धनी धर्मराज पोखरेल(दायाँ) लगायत, तस्विर समायोजन खबर, २०७५ मंसिर १४ गते साँझ ६ः ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology