• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल बजारमा सिसी क्यामेरा

दिक्तेल बजारमा सिसी क्यामेरा


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर १३ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल बजारमा सिसी क्यामेरा जडानको काम सुरु भएको छ । दिक्तेल बजारभरीको अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले सिसी क्यामेरा जडानको काम सुरुवात गरिएको हो ।

     

    दिक्तेल बजार व्यवस्थापन कार्यक्रम अन्तरगत नगरपालिकाको १० लाख लगानीमा पहिलो चरणमा बजारको ८ स्थानमा सिसी क्यामेरा जडानको काम भईरहेकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले बताए । उनका अनुसार दिक्तेलको हाँटडाँडा, भानुचोक, अस्पताल चोक, पूरानो बैंक चोक, त्रिवेणीचोक, भवन गैरा, बेशक्याम र रत्नपार्कमा सिसी क्यामेरा जडान गरिनेछ ।

    हाईटेक आईटी सोलुसनले जडान गरिरहेको काम अन्तिम चरणमा पुगेको नगरपालिकाका आईटी अफिसर सुवास राईले जानकारी दिए । बजारको ८ स्थानमा जडान गरिएको सिसी क्यामेराले नदेखिएको खण्डमा पछि थप गरिनेछ ।
    २०७५ मंसिर १३ गते दिउँसो २ : ३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology