चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिमानामा पर्नेे साप्सु खोलामा पक्की पुल निर्माण हुने भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले केही समयअघि निर्माण गरेको सवैभन्दा छोटो दुरीको सडकको बिचमा पर्नेे साप्सु खोलाको ‘बाटो फेदी’ भन्ने स्थानमा पक्की पुल बन्ने भएको हो ।
स्थानीय सरकार बनेको तीन महिनामा ७ करोड ७८ लाखको डिपिआर तयार पारिएको पक्की पुल बनाउन प्रदेश सरकारले शशर्त अनुदानबाट १ करोड ३५ लाख बजेट बिनियोजन गरेकोे गाउँपालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १ याम्खा पुछार र नगरपालिकाको वडा नम्बर ४ खाल्लेको पुछारमा पर्ने साप्सु खोलामा ४० मिटर लम्बाईको पक्की निर्माण हुनेछ । पुल निर्माणका लागि बजेट बिनियोजन भईसकेकाले टेण्डरको कागजात बनाउन र टेण्डर आव्हानको प्रक्रियामा गाउँपालिका तीव्र रुपमा लागि परेको छ । टेण्डर प्रक्रियाको काम सकेर करीव तीन महिनापछि धमाधम पुल बनाउन सुरु गरिने जनाइएको छ । डिपिआरको डिजाईन स्टामेट अनुसार काम हुदै जाने र बजेट अपुग भएमा पुनः प्रदेश सरकार र गाउँपालिकाले व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
जिल्लाको दक्षिणी भेगका स्थानीयका लागि सदरमुकाम दिक्तेल आवतजावत गर्न सबैभन्दा छोटो दुरीको सडकमा पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालन हुनेछ । हाल हिउँदमा पानी घटेको बेला मात्र सवारी साधन चल्ने गरेको छ । निर्वार्चित भएको तीन महिनामा पुलको डिपिआर गरेका थियौ । गाउँपालिका प्रमुख राईले भने, ‘अथक प्रयासपछि बल्ल डेढ वर्षमा टेण्डर आव्हानको प्रक्रियामा छिरेका छौ । वढीमा तीन महिना सवै काम सकेर पुलको भौतिक संरचना बन्न थाल्छ ।’ पुल बनेपछि गाउँपालिकाले बिकासमा फड्को मार्ने अपेक्षा गरिएको छ । सदरमुकाम दिक्तेल नजिक रहेको गाउँपालिका जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको उहाँको भनाई छ । उक्त रुटमा पर्ने साप्खु खोलामा पक्की पुल नहुनु नै बिकासको बाधक बनेको छ ।
२०७५ मंसिर १० गते राती ९ः २७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology