• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा वर्कर्सका दुईजना कार्यकर्ता जेल चलान

खोटाङमा वर्कर्सका दुईजना कार्यकर्ता जेल चलान


समायोजन खबर
  • सोमबार, मंसिर १० २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    जबरजस्ती चन्दा उठाएको मुद्दामा खोटाङमा किरात जनबादी वर्कर्स पार्टीका दुई कार्यकर्ता जेल चलान भएका छन् । जिल्ला अदालत सोलुखुम्बु जबरजस्ती चन्दा उठाएको मुद्दामा २०७३ साल जेठ ३१ गते जनही २ हजार जरिबाना र २ वर्ष कैंद सजाय सुनाइएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ईश्वरकुमार राई र क्रान्तीलाल भनिने तौलकुमार राइ जेल चलान भएका हुन् ।

     

    जबरजस्ती चन्दा उठाएको मुद्धामा आईतबार राती पक्राउ परेका वर्कर्स (बिद्रोह समुह)का कार्यकर्तालाई सोमबार जिल्ला अदालत खोटाङमा पेश गरिएकामा कैंद भुक्तानका लागि तत्काल जेल चलान गरिएको प्रहरीले जनाएको छ । जेल चलान भएका राईद्धय वर्कर्सका केन्द्रीय सदस्य हुन् । वार्ताको चरणमा रहेकाबेलामा आफ्नो कार्यकर्ता पक्राउ गरिएको भन्दै वर्कर्सले आपत्ती जनाएको छ ।
    २०७५ मंसिर १० गते साँझ ७ः ५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology