समायोजन खबर खोटाङ,
आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुई घर नष्ट भएको छ । गए राती भएको आगलागीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका कैलास राई र हर्क राईको घर नष्ट भएको हो । आगलागीबाट बीस लाख बराबरको क्षति भएको छ ।
आगालीबाट बिस्थापित परिवारलाई सोमबार सात बोरा चामल, दुई बोरा चिउरी, पाँच केजी दाल, दुईवटा त्रिपाल, दश/दश पोका नुन तेल, आलु, चाउचाउ, चिनी, चिया, भाँडाकुँडा लगायतका राहत सामग्री प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिए । कैलासको घरबाट सुरु भएको आगोले सँगै रहेको हर्कको घर पनि जलेको हो । नजिकै रहेको अन्य चार घर भने स्थानीयले जोगाएको मेयर इवन राईले बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
२०७५ मंसिर १० गते अपरान्ह ३ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology