चिसाङ शेर्पा खोटाङ,
जिल्लाको त्रिधार्मिकस्थल हलेसीमा बसपार्क निर्माण हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडानम्बर ७ महादेवस्थानमा पर्ने पर्यटकीय तथा धार्मिकस्थलमा सुविधायुक्त बसपार्क बन्ने भएको हो ।
आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत शहरी विकास तथा भवन निर्माण विभाग काठमाण्डौंले बसपार्क निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए । बजेट विनियोजन भएसंगै नगरपालिकाले बसपार्क निर्माणमा आवश्यक पर्ने जग्गाको खोजी गरीरहेको छ ।सुविधायुक्त बसपार्क निर्माण गर्न डिजाईन स्टीमेटका आधारमा बढी रकम लागेमा आवश्यक रकमको व्यवस्था नगरले गर्ने राईले जनाए ।
आगामी दिनमा निर्माण हुने बसपार्कमा यात्रु प्रतिक्षालय, शौचालय, धारा, कार्यालय संचालनका लागि भवन, भौतिक सूविधा सम्पन्न डिजिडल प्रविधिको सेवा, यात्रुहरुलाई तनाव नहुँने खालका प्रविधि जडान तथा वरीपरि स्वच्छ सुन्दर वातावरणको व्यवस्थापन हुनेछ । यस्तै, यातायात साधन पार्किङको व्यवस्था, प्रविधि सम्पन्न टिकट काउन्टर व्यवस्थापन, यात्रुलाई गाडी चढ्न तथा टिकट काट्नको लागि भरपर्दो व्यवस्था, बसपार्कभीत्रै टर्मिनल भवन, सपिङ बिल्डिङ, चमेनागृह, पक्की पार्किङ क्षेत्र टिकट काउन्टर, सोधपुछ कक्ष, मजदुर, कर्मचारी बस्ने कोठालगायतको व्यवस्थापन हुनेछ । सवारीसाधन जिल्ला भित्रने मुख्य नाकाको रुपमा रहेको हलेसीमा सूविधायुक्त बसपार्क निर्माण गर्दै आकर्षक र समुन्नत बनाउनका लागि नगरको ध्यान केन्द्रित भएको छ ।
हलेसी मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा जिल्लामा आउँने जाने यात्रुहरुको सवारी चापलाई मध्यनजर गर्दै नगरले बसपार्क निर्माणको विकल्प खोजेको हो । सवारीसाधनको दैनिक बाक्लो चाप रहने हलेसीमा हाल हलेसी तुवाचुङ नगरपालिकाले भाडामा जग्गा लिएर बसपार्कको व्यवस्था गरेको छ ।
२०७५ मंसिर १० गते बिहान ७ : ०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology