• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टुहुरा बालबच्चालाई कुवेतबाट ५० हजार सहयोग

टुहुरा बालबच्चालाई कुवेतबाट ५० हजार सहयोग


चिसाङ शेर्पा
  • सोमबार, मंसिर ३ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    बाबुआमाको मृत्यु भएपछि बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ । करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटीका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ५ छोरी र २ छोरालाई खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोख्खा शाखा कुवेतले संयुक्तमा ५० हजार सहयोग गरेका हुन् ।

     

    टुहुरा बालबच्चाहरुको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि सम्पर्क मञ्च र यायोख्खाले टुहुराटुहुरी बालबच्चालाई सहयोग रकम पठाएका हुन् । कुवेतमा रहेर खोटाङगेहरुका लागि आपतविपतमा सहयोग गर्दै आएको उक्त दुई संस्थाले संयुक्त रुपमा संकलन गरेको रकम हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईको नाममा नेपाल पठाइदिएर टुहुरा बालबच्चालाई सहयोग गरेका हुन् । दुई संस्थाको प्रतिनिधित्व गरी मोहन राईले पठाएको सहयोग रकम सोमबार नगरपालिकाको कार्यालयमा राई परिवारकी जेठी छोरी बुङाटुङ चाम्लीङलाई नगर उपप्रमुख राईले हस्तान्तरण गरेकी छन् ।

     

    बाबुआमा गुमाएपछि बिचल्नीमा परेका टुहुरा बालबच्चाको लालनपालन एबं उच्च शिक्षा अध्ययनका लागि संस्थाले सहयोग रकम प्रदान गरेका हुन् । विभिन्न दाताहरुबाट संकलित रकम माछापुच्छे बैंकको शाखा हलेसीमा जेठी छोरी बुङाटुङको नाम खाता खोली जम्मा गरिएको छ । हालसम्म १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको छ ।
    माथी तस्विरमा : बाबुआमा बिहिन बुङाटुङ चामलीङलाई सहयोग रकम हस्तान्तरण गर्दै नगर उपप्रमुख बिमला राई तस्विर चिसाङ, २०७५ मंसिर ३ गते राती ९ : ०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology